लुम्बिनी विकास बैंकको नाफा बढ्दा जगेडामा संकुचन, प्रतिशेयर आम्दानी कति?

Nov 19, 2019 05:35 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३.०९ प्रतिशतले बढाएको छ। गत आर्थिक वर्षको असोजसम्ममा ११ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ११ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा १ करोड ७३ लाख रुपैयाँ छ। 

गत आर्थिक वर्षको तुलनामा बैंकको खर्च बढेको छ भने खुद ब्याज आम्दानी ६ करोड १९ लाख रुपैयाँले बढेर ३० करोड ६९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकमा २३ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.८६ प्रतिशतबाट घटेर २ प्रतिशतमा झरेको छ।

हाल २ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब १७ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत आवको सोही अवधीमा बैंकको जगेडा कोषमा एक अर्ब ४४ करोड ३२ लाख रुपैयाँ सञ्चित थियो ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी बढेको छ। गत वर्षको यसै अवधिमा १४ रुपैयाँ ९३ पैसा रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दनी चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा १८ रुपैयाँ ५५ पैसा पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ९.३३ गुणा रहेको छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।