खराब कर्जा असुली घटेपछि कर्पाेरेट डेभलपमेन्ट बैंकको नाफा घट्यो

Nov 21, 2019 12:02 PM Merolagani



कर्पाेरेट डेभलपमेन्ट बैंक (CORBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३ करोड १६ लाख रुपैयाँ अर्थात् ५८.५६ प्रतिशतले घटेको हो। 

गत आवमा बैंकले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको यसै अवधिको तुलनामा खराब कर्जा असुली रकम घटेपछि बैंकको मुनाफामा गिरावट आएको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घट्नुका साथै समग्र खर्च बढ्दा बैंकको नाफा बढ्न नसकेको हो। बैंकले गत आवको प्रथम त्रैमामा बैंकले खराब कर्जा वापत ४ करोड ८६ लाख असुली गरेकोमा यस अवधिमा २ करोड १४ लाख रुपैयाँ मात्र असुली गरेको छ।

चुक्ता पूँजी ३७ करोड ५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ करोड १६ लाख रुपैयाँ सञ्चित छ। गत आवमा बैंकको जगेडा कोष ९ करोड ६८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

बैंकले निक्षेप संकलन १५ करोड ७५ लाख रुपैयाँले बढाएर २४ करोड २४ लाख रुपैयाँ पुर्याएको छ भने ४१.८१ प्रतिशतले बढाएर २६ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

यस अवधिमा बैंकले एक करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ६.२१ प्रतिशतले कम हो । गत आवमा बैंकले एक करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात १७.२१ गुणा छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।