यस्तो छ २१ विकास बैंकको प्रथम त्रैमासको प्रगति, १४ बैंकको इपिएस दश रुपैयाँ माथि

Dec 01, 2019 04:43 AM Merolagani

- तीर्थराज पौड्याल।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २१ विकास बैंकहरुले एक अर्ब ४९ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। वित्तीय विवरण सार्वजनिक गरेका २१ मध्ये १४ बैंकको वार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँभन्दा धेरै देखिएको छ।

यस अवधिमा ७ विकास बैंकको वार्षिक इपिएस १० रुपैयाँभन्दा थोरै रहेको छ।

यस अवधिमा तीन जिल्ला कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकको वार्षिक प्रतिशेयर आम्दानी राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको दश विकास बैंकको भन्दा  धेरै २८ रुपैयाँ १६ पैसा देखिएको छ। मुक्तिनाथ र गरिमा र कैलाशको पनि २७ रुपैयाँ भन्दा धेरै छ। प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत इपिएस १४ रुपैयाँ ७९ पैसा रहेको छ।

धेरै सुचाङ्कमा अब्बल देखिएको मुक्तिनाथ विकास बैंकले यस अवधिमा सबैभन्दा धेरै २२ करोड ८७ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। धेरै मुनाफा कमाउनेमा निश्चिय पनि राष्ट्रियस्तर बैंकहरु नै अगाडि देखिएका छन्।

गरिमा, कैलाश, ज्योति, शाइन रेसुङ्गा, लुम्बिनी र महालक्ष्मी विकास बैंकले १० करोड बढी खुद नाफा कमाएका छन्।

३७ अर्ब २२ करोड ६४ लाख ८६ हजार रुपैयाँ पूँजी लगाएर विकास बैंकहरुले ५ अर्ब ३२ करोड ४८ लाख ५७ हजार सञ्चालन नाफा र एक अर्ब ४९ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत खुद नाफा ७ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ।

  • लगानीमा प्रतिफल

विकास बैंकहरुमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरधनीको आम्दानी अर्थात रिटर्न अन इक्विटी (आरओई) सबैभन्दा धेरै देखिएको छ । सो बैंकको आरओई २४.१९ प्रतिशत रहेको छ भने कामना सेवा विकास बैंकको सबैभन्दा कम २.१९ प्रतिशत रहेको छ।

दशप्रतिशत भन्दा धेरै आरओई हुने विकास बैंकको संख्या ११ छ भने १० बैंकको आरओई १० प्रतिशत भन्दा कम रहेको छ।

आरओई भन्नाले बैंकहरूमा शेयरधनीहरुले गरेको लगानीबाट प्राप्त हुने प्रतिफल हो। यसको अर्थ १ सय रूपैयाँ बैंकमा लगानी गर्दा त्यसले कति रूपैयाँ कमाउँछ भन्ने बुझिन्छ। 

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत आरओई १० रुपैयाँ ६० पैसा रहेको छ।

( नोट: थोरै पूँजी र सानो कार्यक्षेत्रबाट ठूलो पूँजी र धेरै कार्यक्षेत्र रहने विकास बैंकसँग तृुलना गर्न त्यति उचित नभएकाले यहाँ राष्ट्रिय स्तरको विकास बैंकहरुमा एस्ट्रिक (*) चिन्ह्न, दशजिल्ला विकास बैंकहरुलाई एटदिरेट (@) र तीन जिल्ले विकास बैंकलाई ह्यास (#) तथा एकजिल्ले सहरा विकास बैंकलाई कुनैपनि चिन्ह् लगाइएको छैन।विश्लेषणाई कार्य क्षेत्र अनुरुप पनि बुझ्न आवश्यक छ।)

  • मूल्य आम्दानी अनुपात

विकास बैंकहरुको इपिएसका आधारमा कायम भएको मूल्य आम्दानी अनुपातलाई हेर्ने हो भने कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ४.३० गुणा छ भने सहारा विकास बैंकको सबैभन्दा धेरै ७८.२३ गुणा रहेको छ।

देव विकास बैंकसँग प्राप्तीमा जाने सम्झौता गरेको सहाराको शेयर कारोबार लामो समयदेखि रोक्का रहेकाले पनि धेरै पिई देखिएको हो।यद्यपी हाल देवसंगको सम्झौता रद्ध भैसकेको भएपनि नेप्सेमा भने कारोबार खुला भएको छैन।

बीस विकास बैंकको पिई २० गुणाभन्दा कम र पाँच विकास बैंको १० गुणाभन्दा कम देखिन्छ। चार विकास बैंकको २० भन्दा धेरै ५० भन्दा कम रहेको छ। 

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत पिई १९. १५ गुणा रहेको छ।

  • शेयरमूल्य

यस अवधिमा सहारा विकास बैंकको शेयर कारोबार रोकिएकाले सबैभन्दा धेरै प्रतिकित्ता ४६० रुपैयाँ देखिएपनि वास्तविक रुपमा भने मुक्तिनाथ विकास बैंकको ३१३ रुपैयाँको शेयरमूल्यलाई उच्च मान्नुपर्ने हुन्छ।

यस अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य आईपीओको भाउमा नै रहेको छ

१३ विकास बैंकको शेयरमूल्य २०० भन्दा कम रहेको छ भने २०० देखि ३०० शेयरमूल्य रहने विकास बैंकको संख्या ६ मात्र रहेको छ।

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत शेयरमूल्य १९३ रुपैयाँ २९ पैसा रहेको छ।

  • चुक्ता पूँजी

चुक्ता पूँजीका आधारमा राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै ३ अर्ब ६७ करोड रहेको छ भने राष्ट्रिय स्तरको कार्यक्षेत्रमा प्राइम कर्मर्सियल बैंकमा विलय हुन लागेको कैलाश विकास बैंकको सबैभन्दा कम २ अर्ब ५२ करोड रहेको छ ।

त्यसैगरि दश जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्काको दुई अर्ब ६२ करोड र सप्तकोशीको ७८ करोड ७१ लाख रहेको छ ।

तीन जिल्ला कार्यक्षेधत्रमध्ये एक्सेल डेभलपमैन्ट बैंकको सबैभन्दा धेरै ६९ करोड २६ लाख रुपैयाँ रहेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा कम ३७ करोड ५ लाख छ। एक जिल्ला कार्यक्षेत्र रहेको सहारा विकास बैंकको चाँही सबैभन्दा कम १६ करोड ३३ लाख मात्र रहेको छ।

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको कूल चुक्ता पूँजी ३७ अर्ब २२ करोड ६४ लाख ८६ हजार र
औसत चुक्ता पूँजी एक अर्ब ७७ करोड २६ लाख ८९ हजार रुपैयाँ छ।

  • जगेडा कोष

जगेडा कोषको आधारमा पनि मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ। बैंकको जगेडा कोषमा सबैभन्दा धेरै एक अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको जगेडा कोषमा सबैभन्दा कम २ करोड १६ लाख मात्र रहेको छ।

एक अर्ब रुपैयाँभन्दा धेरै जगेडाकोष हुने विकास बैंकको संख्या ७ रहेको छ भने ५० करोभन्दा धेरै हुने ४ वटा र १० करोडभन्दा कम रकम सञ्चित हुने विकास बैंकको संख्या ३ रहेको छ।

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको कूल जगेडा कोषमा सञ्चित रकम १५ अर्ब २७ करोड ४९ लाख ५६ हजार र  जगेडा कोषमा औसत ७२ करोड ६३ लाख ४६ हजार रुपैयाँ सञ्चित छ।

(चुक्ता पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा प्रवाह रकम हजारमा देखाइएको छ।)

 

  • ३ खर्ब ५९ अर्ब निक्षेप संकलन गरि ३ खर्ब १९ अर्ब कर्जा परिचालन

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको कूल ३ खर्ब ५९ अर्ब ६१ करोड २१ लाख २५ हजार निक्षेप संकलन गरि ३ खर्ब १९ अर्ब ७४ करोड ९० लाख ७४ हजार रुपैयाँ कर्जा लगानी गरेका छन्।

यस अवधिमा विकिस बैंकहरुको औसत निक्षेप संकलन रकम १७ अर्ब १२ करोड ४३ लाख ८६ हजार र औसत कर्जा लगानी १५ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ रहेको छ।

निक्षेप संकलन र कर्जा परिचालनमा पनि मुक्तिनाथ सबैभन्दा अगाडि देखिएको छ बैंकले ४४ अर्ब ३५ करोड ५८ लाख निक्षेप संकलन गरि ४१ अर्ब २६ करोड ७६ लाख कर्जा परिचालन गरेको छ। यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा कम २४ करोड २४ लाख निक्षेप संकलन गरेर २६ करोड ६४ लाख बराबरको कर्जा प्रवाह गरेको छ। 

दश अर्बभन्दा धेरै निक्षेप संकलन गर्ने विकास बैंकको संख्या १२ रहेको छ भने ९ बैंकले १० अर्बभन्दा कम निक्षेप संकलन गरेका छन्। यसैगरि कर्जा दश अर्बभन्दा धेरै कर्जा प्रवाह गर्ने विकास बैंकको संख्या ११ रहेको छ भने १० बैंकले दश अर्बभन्दा कम कर्जा लगानी गरेका छन्।

  • खराब कर्जा

चालु आवको प्रथम त्रैमास अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै २६ प्रतिशत धेरै देखिएको छ। मुक्तिनाथ विकास बैंकको सबैभन्दा कम ०.१३ प्रतिशत रहेको छ।

यस अवधिमा ९ विकास बैंकको खराब कर्जा अनुपात एक प्रतिभन्दा तल रहेको छ। पाँच विकास बैंकको २ प्रतिशतभन्दा कम खराब कर्जा अनुपात रहेको छ भने ६ विकास बैंकको खराब कर्जा अनुपात २ प्रतिशतभन्दा धेरै छ।

प्रथम त्रैमास अवधिमा विकास बैंकहरुको औसत खराब कर्जा अनुपात २.४८ प्रतिशत रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।