सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा घट्दा मुनाफामा पनि उच्च बढोत्तरी

Nov 19, 2019 01:42 PM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ। गत वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड १४ लाखले वृद्धि गरि ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

बैंकको खराब कर्जा पनि २.४० प्रतिशतबाट घटेर ०.९४ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ९ करोड बढी खराब कर्जाको प्रोभिजन गरेकोमा खराब कर्जा अनुपातमा कमी आउँदा तीन करोड कम गरेको छ। यसले पनि मुनाफा बढाएको हो। 

बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय र अन्य सञ्चालन आम्दानी वृद्धि भई सञ्चालन नाफामा आएको सुधारले उसको खुद नाफा बढेको हो।  यस अवधिमा बैंकको शेयरधनीलाई लाभांश वितरण गर्न योग्य मुनाफा भने ४ करोड ४१ लाख रहेको छ।

गत वर्षको पहिलो त्रैमासमा २४ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २७ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत वर्ष पहिलो त्रैमासको तुलनामा ११.०३ प्रतिशतले धेरै हो। बैंकको सञ्चालन नाफा पनि ६ करोड ३५ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख ६० हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २० अर्ब १४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको बैंकले जगेडा कोषमा ५७ करोड ४६ लाख ३१ हजार रुपैयाँ र शेयरधनी कोषमा २० करोड ७९ लाख रुपैयाँ सञ्चित रहेको  छ।

वार्षिक प्रतिशेयर आम्दानी प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ०२ पैसा र मूल्य आम्दानी १६.५२ गुणा छ।

यस अवधिमा बैंकको कोषको लागत ८.३७ प्रतिशत, आधारदर ११.२४, पूँजीकोष अनुपात १७.७८ र स्प्रेडदर ५.४४ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको कोषको लागत बढेको हो भने आधार दरमा केही सुधार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।