ज्योति विकास बैंकको चमत्कारीक प्रगति, खुद नाफा ११७ प्रतिशतले बढ्यो

Nov 18, 2019 03:50 PM Merolagani



ज्योति विकास बैंक (JBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।

बैंकले खर्च व्यवस्थापन गर्दै आफ्नो व्यवसाय विस्तारलाई आक्रमक बनाउँदा नाफामा चमत्कारिक सुधार देखिएको हो।

तर  बैंकको तीन महिनाको वितरयोग्य मुनाफा ३ करोड ७ लाख मात्र रहेको छ। राष्ट्र बैंकेले तोकेको प्रावधान अनुरुप बैंकले बैधानिक जगेडा कोष र नियामकीय जगेडा कोषमा १० करोड ७२ लाख ९४ हजर रुपैयाँ व्यवस्थापन गर्दा वितरणयोग्य मुनाफामा कमी आएको हो।

प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा थियो।

यस अवधिमा बैंकले गत वर्षको यसै अवधिको तुलनामा १५ करोड ९८ लाख रुपैयाँ धेरै अर्थात ३६ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।

 

तीन अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३१ करोड ७७ लाख रुपैयाँ , शेयरधनी कोषमा ६४ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा ३० अर्ब ७२ करोड ५२ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ अर्ब १८ करोड ७१ लाख रुपैंया कर्जा परिचालन गरेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.३९ प्रतिशतबाट ०.८३ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ५१ पैसा छ।

यस्तै आधारदर ११.२४ प्रतिशत र कोषको लागत ८.३९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको कोष्को लागत बढेको हो भने आधारदरमा सुधार देखिएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।