तीन विकास बैंकले सार्वजनिक गरेनन् प्रथम त्रैमासको वित्तीय विवरण

Nov 29, 2019 07:00 PM Tirtha Raj Poudyal

नेप्सेमा हाल सूचीकृत २४ विकास बैंकमध्ये कर्णाली विकास बैंक, नेपाल कम्युनिटी र नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण अझै सार्वजनिक गरेका छैनन्।

नेप्सेमा यसअघि कूल ३३ विकास बैंक अस्तित्वमा रहेकोमा ९ वटा विकास बैंक अन्य बैंकसँग मर्जर तथा प्राप्तीमा गएर आफ्नो अस्तित्व समाप्त पारिसकेका छन्।

यस अवधिमा हाम्रो विकास बैंक, एनआईडिसी डेभलपमेन्ट बैंक, बेष्टर्न डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, कन्काई विकास बैंक, भार्गव विकास बैंक, पूर्णिमा विकास बैंक, मिसन डेभलपमेन्ट बैंक, र ओम डेभलपमेन्ट बैंक अन्य बैंकसँग मर्जर तथा प्राप्तीमा गएर आफुलाई विलय गराएका हुन्।

बाँकी रहेका २४ विकास बैंकमध्ये २१ विकास बैंकको वित्तीय विवरण सार्वजनिक भएको छ भने रुपन्देही बुटबवमा केन्द्रीय कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (जुन तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग प्राप्ती प्रकृयामा रही मंसिर २२ गतेदेखि एकीकृत कारोबार थाल्दैछ) , सुर्खेत, नेपालगञ्जमा कार्यालय रहेको कर्णाली विकास बैंक र समस्याग्रस्त संस्थाबाट गुज्रिएको चितवनको रत्ननगरमा कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकले भने वित्तीय विवरण सार्वजनिक गरेका छैनन्।

नारायणी डेभलपमेन्ट बैंकले समस्याग्रस्त भएपछि लामो समयदेखि वित्तीय विवरण प्रकाशनमा ल्याएको छैन भने कर्णाली डेभलपमेन्ट बैंकले पनि गत आवको तेस्रो त्रैमासपछिको वित्तीय विवरण सार्वजनिक गरेको छैन। उता नेपाल कम्युनिटीले गत आवको चौंथो त्रैमासको वित्तीय विववरण सार्वजनिक गरेपनि प्रथम त्रैमासको वित्तीय विवरण भने सार्वजनिक नगरेको हो।

  • सैंतिस अर्ब पूँजी परिचालन गरेर २१ बैंकले कमाए साढे एक अर्ब मुनाफा

वित्तीय विवरण सार्वजनिक गरेका २१ विकास बैंकले ३७ अर्ब २२ करोड ६४ लाख ८६ हजार रुपैयाँ पूँजी लगाएर विकास बैंकहरुले ५ अर्ब ३२ करोड ४८ लाख ५७ हजार सञ्चालन नाफा र एक अर्ब ४९ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो खुद नाफा चुक्ता पूँजीको ४.०२ प्रतिशत हुन आउँछ।

यस अवधिमा विकास बैंकहरुको औसत चुक्ता पूँजी एक अर्ब ७७ करोड २६ लाख ९० हजार र औसत खुद नाफा ७ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ । यस्तै २ रुपैयाँ ९२ पैसादेखि २८ रुपैयाँ १६ पैसासम्म वार्षिक औसत प्रतिशेयर आम्दानी कायम गरेका छन्। विकास बैंकहरुको औसत इपिएस १४ रुपैयाँ ७९ पैसा रहेको छ।

यस अवधिमा यी बैंकहरुले ३ खर्ब ५९ अर्ब ६१ करोड २१ लाख २५ हजार निक्षेप संकलन गरि ३ खर्ब १९ करोड ७४ लाख ९० हजार ९४ हजार रुपैयाँ कर्जा परिचालन गरेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।