युनाइटेड इन्स्योरेन्सको करिब ५ लाख कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने

Dec 03, 2019 08:54 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले लिलामी मार्फत खरिद आह्वान गरेको करिब ५ लाख कित्ता शेयरमा आज (मंसिर १७ गते मङ्गलबार) सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। कम्पनीले ४ लाख ९९ हजार १९२ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गरेको हो।

इन्स्योरेन्सले बिक्रीमा ल्याएको ७२ लाख ५७ हजार कित्ता हकप्रद शेयरमा १ लाख ५७ हजार ६४९ कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयरगरी कूल ४ लाख ९९ हजार १९२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलाम बिक्री गरेको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातामा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा ६७ लाख ५७ हजार ५१६ कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आएको हो।

इन्स्योरेन्सको लिलामी शेयरमा लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यालय र शाइन रेसुङ्गको दाङमा रहेको शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्।

संस्थापक तर्फको लिलामी शेयरमा कम्पनीका विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् भने सर्वसाधारणतर्फको लिलामी शेयरमा सर्वसाधारण लगानीकर्ता, फर्म तथा संस्थाहरुले समेत आवेदन गर्न पाउने व्यवस्था रहेको छ।

इच्छुक लगानीकर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले बैंकको लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

मंसिर १६ गते सोमबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर २१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।