जनता बैंकका खातावालहरुलाई नयाँ खाता नम्बर लिन बैंकको अनुरोध, एटीएम र चेक साट्न नपर्ने

Dec 05, 2019 09:34 AM Merolagani



ग्लोबल आईएमई बैंक (GBIME) संग मर्जर पश्चात मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको जनता बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ खाता नम्बर लिन अनुरोध गरेको छ।

बिहीबार सूचना जारी गर्दै बैंकले संयुक्त कारोबार पश्चात हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले आफुलाई पायक पर्ने ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा सम्पर्क राखी नयाँ खाता नम्बर लिन अनुरोध गरेको हो।

खाता नम्बर परिवर्तन भएपनि साविक जनता बैंकबाट जारी भएका चेक तथा एटीएम कार्डहरु अवधि समाप्त नभएसम्म सुचारु रुपले प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

यसका साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्गहरुमा साविकबै युजरनेम र पासवर्ड प्रयोग गरी ग्लोबल आईएमई बैंकको इन्टरनेट तथा मोबाइल एपबाट चलाउन सक्ने बैंकले जनाएको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।