आँधिखोला र धौलागिरी लघुवित्त गाभिने

Dec 19, 2019 01:55 PM Merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्था (AKBSL) र धौलागिरी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन्। दुई लघुवित्तले पुस २ गते बुधबार आपसमा गाभिने सम्झौता गरेका हुन्।

मर्जर सम्झौतासँगै बिहीबारबाट आँधिखोला लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का भएको छ।

स्याङजामा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त आपसमा गाभिएपश्चात बन्ने नयाँ संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्तल रहने छ भने चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।

हाल आँधिखोला लघुवित्तको चुक्ता पूँजी १० करोड र धौलागिरी लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।

 

आँधिखोला लघुवित्तले गत असारमा सर्वसाधारमा ४ लाख कित्ता आईपीओ बिक्री गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ भने धौलागिरी लघुवित्तले हालसम्म आईपीओ जारी गरेको छैन।

केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुको संख्यात्मक वृद्धिलाई घटाउँदै गुणात्मक विकासका लागि लघुवित्तहरुमा पनि मर्जर नीति अबलम्बन गरेसँगै पछिल्लो समय अधिकांश लघुवित्त कम्पनीहरु मर्जरको तयारी गर्न थालेका छन्। 

भर्खरै स्थापना भएका र सर्वसाधारणमा शेयर जारी नगरेका अधिकांश लघुवित्तले समेत अहिले मर्जर तथा एक्वीजिसनको प्रस्ताव राखेर साधारण सभा बोलाउन थालेका छन् भने कति लघुवित्तले त सम्झौता समेत गरिसकेका छन्।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।