कालिका र जनसेवीले पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

Dec 30, 2019 09:42 AM Merolagani

कालिका लघुवित्त (KMCDB)  र जनसेवी लघुवित्तले पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएपश्चात यी दुईले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका हुन्।

 एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएको थियो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते स्वीकृति दिएको थियो।

गत कात्तिक २५ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एकआपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित गरेको थियो। मर्जरपश्चात बनेको संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने लघुवित्तको रजिष्टर्ड कार्यालय वालिङ्ग–८, स्याङ्गजामा रहनेछ। यी दुबै लघुवित्त एक बराबर एक स्वाप रेशियोका गाभिएका हुन्।

कालिका लघुवित्त र जनसेवी लघुवित्तले गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका थिए। कालिका लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेको छ भने जनसेवी लघुवित्त सूचीकृत भएको छैन।


comments powered by Disqus

अब कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने

Jul 05, 2020 07:12 PM

अब काठमाडौ उपत्याका भित्र कपाल काट्दा १५० रूपैयाँ तिर्नु पर्ने भएको छ । नेपाल नाई संघले कपाल काटदा अबदेखि १५० रुपैयाँ लिने  निर्णय  गरेको छ ।