बीमा कम्पनीहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागको आह्वान

Jan 05, 2020 04:08 PM Merolagani

बीमा कम्पनीहरुलाई सूचीकृत हुन वैदेशिक रोजगार विभागले आह्वान गरेको छ। विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई पुस २४ गते भित्र आव्हान गरेको हो।

  हाल विभागमा १४ बीमा कम्पनीहरु सूचीकृत छन्। त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत बैदेशिक रोजगार (म्यादी) बीमा सेवा दिइरहेका छन्।

श्रम स्वीकृति प्रयोजनका लागि तोकिए बमोजिमको रकमको बीमा गर्दा प्रचलित नेपालको कानून बमोजिम दर्ता भएका जुनसुकै बीमा कम्पनीबाट गराउन सकिने र त्यस्तो बीमा प्रिमियम बापतको रकम समेत अनलाइन प्रणालीबाट भुक्तान गर्न सकिने गरी प्रविधिक तयारी पूरा भएको विभागले जनाएको छ।

विभागले बैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत हुन बाँकी रहेका जीवन बीमा कम्पनीहरुलाई विभागमा सूचीकृत हुन आउन र तोकिए बमोजिमको बीमा प्रिमियम बापतको रकम कुनै सेवा शुल्क नलिई/नकटाई अनलाइन भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्न  सूचना निकालेको हो।

कुनै बीमा कम्पनीहरुले पहिले नै बीमा प्रिमियम बापतको रकम अनलाइन भुक्तानी गर्न कुनै सेवा प्रदायकसँग सम्झौता गरिसकेको भए त्यसको प्रमाणसहित विवरण पेश गर्न पनि विभागले भनेको छ।

सूचीकृत हुनको लागि बीमा कम्पनीहरुले संस्था दर्ताको आधिकारिक कागजातको प्रतिलिपि सहित निवदेन पेश गर्नुपर्नेछ।

 

comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।