ग्रामीण विकास लघुवित्त दुई अर्ब पूँजी पुर्याउने

Jan 10, 2020 07:39 PM Merolagani



ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) को वार्षिक साधारण सभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । अधिकृत पुँजी एक अर्वबाट वृद्धि गरी २ अर्व रुपैयाँ पुर्‍याउने प्रस्ताव पारित गरेको हो । शुक्रवार बुटवलमा आयोजित पाँचौँ वार्षिक साधारण सभाले  उक्त प्रस्ताव पारित गरेको हो । उक्त साधारण सभाले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

गत वर्ष संस्थाले ३२ करोड ६५ हजार रुपैयाँ मुनाफा गरेको सञ्चालक समिति अध्यक्ष माणिकरत्न शाक्यले साधारण सभामा जानकारी गराए । कर्जा तर्फ ९ अर्व ९० करोड र बचत परिचालन ३ अर्व २३ करोड रहेको जानकारी गराउँदै उनले समीक्षा अवधिमा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र बचत परिचालनमा १७.९७ प्रतिशतले वृद्धि भएको प्रतिवेदन पेस गरे ।

गरिबी न्यूनीकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले बताए । उनले वित्तीय अवस्थामा क्रमशः सुधार भइरहेको जानकारी गराउँदै हकप्रद शेयर जारी गरेपछि हाल संस्थाको जारी तथा चुक्ता पुँजी ९८ करोड २५ लाख पुगेको बताए ।

पूँजी बृद्धिसंगै संस्थाको पूँजीकोष थप मजबुत भई व्यवसाय विस्तारमा सघाउ पुग्ने उनको भनाई छ । मर्जर पश्चात् संस्थाको सञ्चालन मुनाफा बढ्दै गइरहेको उनले जानकारी दिए ।

क्षेत्रीय स्तरका पाँच वटा ग्रामीण विकास बैकहरू एक आपसमा गाभिई संन्चालनमा आएको राष्ट्रिय स्तरको संस्था हो । ग्रामीण बैकिङ अवधारणामा विशेष गरी ग्रामीण क्षेत्रमा लघुवित्त सेवा दिँदै आएको छ ।

संस्थाले विपन्न तथा गरिब वर्गका घरपरिवारहरू खास गरी महिलाहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गरी राष्ट्रको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउन विभिन्न प्रकारका लघुवित्त सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।