सुनको भाउ लगातार घट्दो, दुई दिनमा एक हजार रुपैयाँले घट्यो

Jan 14, 2020 11:04 AM Merolagani



पछिल्लो समय सुनको भाउ लगातार घट्न थालेको छ। पुस लागेदेखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ गत केहि दिनदेखि फेरि घट्न थालेको हो। 

पुस २९ गते मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार पनि सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ८०० र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुन गत दुई दिनमा एक हजार रुपैयाँले घटेको छ।

यसदिन सुनसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।