सुनको भाउ लगातार घट्दो, दुई दिनमा एक हजार रुपैयाँले घट्यो

Jan 14, 2020 11:04 AM Merolagani



पछिल्लो समय सुनको भाउ लगातार घट्न थालेको छ। पुस लागेदेखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको भाउ गत केहि दिनदेखि फेरि घट्न थालेको हो। 

पुस २९ गते मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार पनि सुन तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ८०० र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुन गत दुई दिनमा एक हजार रुपैयाँले घटेको छ।

यसदिन सुनसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।