सूर्योदयसँग मर्जर प्रक्रियामा रहेको त्रिलोकको नाफा उल्लेख्य बढ्यो

Jan 29, 2020 01:56 PM Merolagani



सूर्योदय लघुवित्तसँर्ग मर्जरको सम्झौता गरेको त्रिलोक लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद मुनाफा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७३.६५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २७ लाख ५२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै लघुवित्तको नाफामा सुधार भएको हो। पुस मसान्तसम्ममा २२ करोड १९ लाख रुपैयाँ निक्षेप र ६१ करोड २० लाख सापटीबाट ८५ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको यस लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्र्न सफल भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड २० लाख रुपैयाँ बढेर २ करोड ४७ लाख पुगेको छ।

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गत असार १९ गते गाभ्ने/गाभिने सम्झौता गरेको यस लघुवित्तको चुक्ता पूँजी ६ करोड ९ लाख रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषमा २ करोड १ लाख रुपैयाँ सञ्चित छ।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।