१५ वाणिज्य बैंकले प्रकाशित गरे वित्तीय विवरण, अधिकांश सूचकमा एनआईसी एशियाको अग्रता

Feb 05, 2020 07:49 PM Merolagani

माघ २२ गते बुधबारसम्ममा नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकहरुमध्ये १५ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणका आधारमा अधिकांश सूचकहरुमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ।

निक्षेप सङ्कलन, कर्जा प्रवाह, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा, खुद नाफा, प्रतिशेयर आम्दानी र आरओई शीर्षकमा एनआईसी एशियाले अग्रता हासिल गरेको छ।

खुद नाफाः पुस मसान्तसम्ममा १५ वाणिज्य बैंकहरुले औषतमा १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्। यी बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो अवधिसम्ममा बैंकले २ अर्ब १ करोड खुद नाफा कमाएको छ। त्यसैगरी, सबैभन्दा कम नाफा भने सिटिजन्स बैंक इन्टेरनेशनलको रहेको छ। सो बैंकले पुस मसान्तसम्ममा ६८ करोड खुद नाफा कमाएको छ।

चुक्ता पूँजी र जगेडा कोषः चुक्ता पूँजी र जगेडा कोषका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ११ अर्ब २८ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ३८ करोड सञ्चित छ। सबैभन्दा कम चुक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको माछापुच्छ्रे बैंकको जगेडा कोषमा भने २ अर्ब ६९ करोड सञ्चित छ।

निक्षेप तथा कर्जाः पुस मसान्तसम्ममा सबैभन्दा बढी निक्षेप सङ्कलन गरी कर्जा प्रवाह गर्ने बैंक एनआईसी एशिया रहेको छ भने सबैभन्दा कम नेपाल बङ्गलादेश बैंक रहेको छ। एनआईसी एशियाले सो अवधिसम्ममा १ खर्ब ७८ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ५१ अर्ब कर्जा लगानी गरेको छ। नेपाल बङ्गलादेश बैंकले भने ६३ अर्ब १२ करोड निक्षेप सङ्कलन गरी ५७ अर्ब ९३ करोड कर्जा परिचालन गरेको छ।

खुद ब्याज आम्दानी र कूल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३ अर्ब ६४ करोड खुद ब्याज आम्दानी र ५ अर्ब १४ करोड कूल सञ्चालन आम्दानी गरेको एनआईसी एशिया बैंक यी दुबै शीर्षकमा पनि पहिलो स्थानमा नै छ। निक्षेप र कर्जा दुबै कम भएको नेपाल बङ्गलदेश बैंकको खुद ब्याज आम्दानी पनि अन्य १४ बैंकहरुको तुलनामा कम रहेको छ। बैंकले सो अवधिसम्ममा १ अर्ब ३५ करोड खुद ब्याज आम्दानी गरेको छ। कूल सञ्चालन आम्दानी भने सिटिजन्स बैंकको रहेको छ। बैंकले सो अवधिसम्ममा १ अर्ब ८६ करोड कूल सञ्चालन आम्दानी गरेको छ।

(नोटः माथि प्रस्तुत गरिएको चुक्ता पूँजीमा बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको बोनस शेयर समायोजन गरिएको छ। कृषि विकास बैंकको चुक्ता पूँजीमा सरकारको हिस्सा समावेश गरिएको छैन। त्यसैगरी, जगेडा कोषमा रिटेन्ड अर्निङ्ग र शेयर प्रिमियम पनि समावेश गरिएको छ।)

प्रतिशेयर आम्दानीः सबैभन्दा बढी नाफा कमाएको एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी अन्य १४ बैंकहरुको तुलनामा बढी रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४८ पैसा रहेको छ। त्यसैगरी, सबैभन्दा कम प्रतिशेयर आम्दानी भने सिटिजन्स बैंकको रहेको छ। सो अवधिसम्ममा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ९४ पैसा कायम भएको छ।

मूल्य आम्दानी अनुपातः १५ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी मूल्य आम्दानी अनुपात एभरेष्ट बैंकको रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१५ गुणा कायम भएको छ। सबैभन्दा कम मूल्य आम्दानी अनुपात भने नेपाल बङ्गलादेश बैंकको १०.९४ गुणा रहेको छ।

रिटर्न अन इक्वीटी (आरओई): सबैभन्दा बढी आरओई बैंकको बैंक एनआईसी एशिया रहेको छ भने सबैभन्दा कम नेपाल बैंकको रहेको छ। एनआईसी एशियाको आरओई २५.१७ प्रतिशत कायम हुँदा नेपाल बैंकको ८.८२ प्रतिशत कायम भएको छ।

निष्क्रिय कर्जाः कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी देखिएको छ। पुस मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा ३.९१ प्रतिशत रहेको छ। त्यसैगरी, यस्तो कर्जा सबैभन्दा कम एभरेष्ट बैंकको ०.१६ प्रतिशत रहेको छ।

(नोटः माथि उल्लेख गरिएको बैंकका अनुपातहरु बोनस समायोजनपछिको चुक्ता पूँजीमा गणना गरिएको हो भने मूल्य आम्दानी अनुपात माघ २१ गतेको अन्तिम कारोबार मूल्यका आधारमा गणना गरिएको हो।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।