सेञ्चुरी बैंकको अधिकांश सूचकमा सुधार

Feb 12, 2020 07:29 AM Merolagani



सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकहरुमा सुधार देखिएको छ।

सो अवधिसम्ममा बैंकले ६५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड २१ लाख रुपैयाँ अर्थात २५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ। बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८ करोड ८५ लाख रुपैयाँ र सञ्चालन मुनाफा १८ करोड ६० लाख रुपैयाँ बढी हो।

८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ३८ करोड १ लाख रुपैयाँ, शेयरधनी कोषमा ८५ करोड ७४ लाख रुपैयाँ र शेयर प्रिमियममा ३ करोड ४३ लाख रुपैयाँ सञ्चय गरेको छ। सो अवधिसम्ममा बैंकले ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा कायम भएको छ। जुन गत आर्थिक वर्षका सोही अवधिको तुलनामा १ रुपैयाँ ८६ पैसा बढी हो। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको हो।

पुस मसान्तसम्ममा ४२ करोड ३० लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको यस बैंकको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ। त्यसैगरी, बैंकको कोषको लागत ७.८६ प्रतिशत, आधार दर १०.३५ प्रतिशत र स्प्रेड दर ४.७६ प्रतिशत रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।