सुन र चाँदीको भाउ घट्ने क्रम जारी

Feb 12, 2020 12:16 PM Merolagani



सुन र चाँदीको भाउ माघ २९ गते बुधबार पनि घटेको छ। अघिल्लो दिन मंगलबार तोलामा १०० रुपैयाँ घटेको सुनको भाउ बुधाबार थप २०० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७५ हजार ४०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।