सुन र चाँदीको भाउ घट्ने क्रम जारी

Feb 12, 2020 12:16 PM Merolagani



सुन र चाँदीको भाउ माघ २९ गते बुधबार पनि घटेको छ। अघिल्लो दिन मंगलबार तोलामा १०० रुपैयाँ घटेको सुनको भाउ बुधाबार थप २०० रुपैयाँले घटेको छ।

बुधबार छापावाल सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७५ हजार ४०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।