लघुबीमा निर्देशिका संशोधन, एजेन्ट बिनै बीमालेख खरिद गरे छुट

Feb 20, 2020 06:19 PM Merolagani



बीमा समितिले लघु बीमा निर्देशिका २०७१ लाई परिमार्जन गरेको छ । समितिले लघु बीमा निर्देशिका २०७१ लाई संशोधन गर्दै थप व्यवस्था सहित लघु बीमा निर्देशिका २०७६ जारी गरेको हो ।

संशोधित निर्देशका बमोजिम जारी गरिने बीमालेखको बीमा शुल्कमा कुनै प्रकारको छुट पाउने छैन । बीमा शुल्क कटौति गर्न वा सहुलियत दिन नपाइने उक्त निर्देशिकामा उल्लेख छ । तर बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री (प्रत्यक्ष बीमा) गरिएको अवस्थामा बीमितलाई जीवन बीमाको हकमा ८ प्रतिशत तथा निर्जीवन बीमाको हकमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त निर्देशिका अनुसार जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सो भन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा एक वर्ष वा सो भन्दा कम अवधिको लागि मात्र जारी गर्ने सकिनेछ ।

सहुलियत पुर्ण कर्जाका लागि व्याज अनदुान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार विक्री गरिएको लघु बीमालेखको लागि उक्त कार्यविधिमा तोकिए बमोजिम बीमकले पाउने बीमा शुल्क अनदुान बराबरको रकम घटाई बाँकी रकम मात्र बीमा शुल्कको रूपमा लिनुपर्ने व्यवस्था रहेको छ ।

अर्थमन्त्रालय अन्र्तगत जारी भएको सहुलियत पुर्ण कर्जाका लागि व्याज अनदुान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को दफा ३ मा सहुलियतपूर्ण कर्जा प्रकारको लागि उल्लेख भएको प्रति ऋणी अधिकतम सीमा ननाघ्ने गरी लघु बीमालेखमा बीमांक रकम कायम गर्नेपर्नेछ ।

निर्देशिका अनुसार गैर सरकारी संस्था, स्वावलम्वन समुह, लघुवित्त वित्तीय संस्था, सहकारी संस्था लगायत कानुन बमोजिम दर्ता भएको अन्य संगठित संस्थाहरुले संस्थागत लघु बीमा अभिकर्ता बन्न सकिनेछ ।





यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।