लकडाउन अवधिभर सुनको मूल्य परिवर्तन नहुने, सबैजसो सुन पसल बन्द

Mar 24, 2020 11:54 AM Merolagani



सरकारले चैत ११ गतेदेखि मुलुकभर गरेको लकडाउनको कारणले सुनको नयाँ मूल्य नतोकिने भएको छ। 

सरकारले गरेको निर्णयअनुसार सुनचाँदी व्यवसायी महासँघले सुनको नयाँ मूल्न नतोक्ने निर्णय गरेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए। 

अघिल्लो दिन चैत १० गते सोमबार महासँघले छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ तोकको थियो। त्यस्तै, चाँदीको भाउ भने प्रतितोला ७२० रुपैयाँ तोकेको थियो। अब आगामी एक साता सुन सोहि मूल्यमा कारोबार हुनेछ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषण गरेसँगै सबैजसो सुनपसलहरु बन्द भएका छन्। जसले सुनचाँदी व्यवसायी महासँघले सुनचाँदीको नयाँ मूल्य नतोक्ने घोषण गरेको हो।

चैत ११ गतेपश्चात सरकारले अत्यावश्यक भन्दा बाहेकका कामको लागि घर बाहिर निस्कन रोक लगाएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।