युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट, मदन भण्डारी विश्वविद्यालयका लागि १ अर्ब २५ करोड

May 28, 2020 05:42 PM Merolagani



सरकारले युवा तथा खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७÷७८को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।

सरकारले अन्तराष्टिय क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन गरिएको छ भने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ ।

यसैगरी विज्ञान तथा प्रविधि अन्तर्गत मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्नका लागि १ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ ।