फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको कम्पनी विश्लेषण

Jul 11, 2020 12:45 PM Merolagani



यस साताको फ्लोरसिट विश्लेषण गर्दा सर्वाधिक कारोबार भएका कम्पनीहरुमध्ये एक फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स पनि एक हो।

यस साताको अन्तिम कारोबार दिन माइक्रोफाइनान्सको शेयर एक हजार ५०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिन मैनबत्ती विश्लेषणमा कम्पनीको शेयरमूल्यले डोजी आकृति बनाएको छ। यस आकृतिले लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। अर्थात, माइक्रोफाइनान्सको शेयरमूल्य तल झर्छ कि माथि उक्लिन्छ भन्ने यकिन गर्न नसकिने अवस्थालाई संकेत गर्दछ।

एक हजार ५०५ रुपैयाँमा कारोबार भएको एक माइक्रोफाइनान्सको शेयर मूल्य आगामी दिन ओरालो लागे एक हजार ४४० रुपैयाँमा टेवा पाउने देखिन्छ। यदि माइक्रोफाइनान्सको शेयरमूल्य उकालो लाग्यो भने एक हजार ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यस साता माइक्रोफाइनान्सको दैनिक औषतमा २ हजार ३९८ कित्ता शेयर खरिदबिक्री भएको छ भने पछिल्लो २० दिनमा माइक्रोफाइनान्सको औषतमा दैनिक ५ हजार ९६ कित्ता शेयर खरिदबिक्री भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माइक्रोफाइनान्सले २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। ५० करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस माइक्रोफाइनान्सको जगेडा कोषमा ८९ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिमा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ९८ पैसा कायम भएको छ। यस साताको अन्तिम कारोबार मूल्यका आधारमा माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात २५.९६ गुणा कायम भएको छ।
फियर एण्ड ग्रीड मिटरमा माइक्रोफाइनान्सको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ।


(नोटः उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानी गर्नुअघि आफुले थप विश्लेषण गर्नुपर्नेछ।)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।