शिवम् सिमेन्ट्सको कम्पनी विश्लेषण

Jul 18, 2020 02:51 PM Merolagani



पछिल्लो समयमा शिवम् सिमेन्ट्स (SHIVM) मा लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ। गत असार २१ गते कम्पनीको ५ दिने मुभिङ्ग एभरेजले २० दिने मुभिङ्ग एभरेजलाई तलबाट काटेर माथि लागेको छ। शेयरमूल्य बढ्ने संकेत गर्ने त्यस क्रसओभर बनेपछिका अधिकांश दिनहरुमा कम्पनीको शेयरमूल्य बढेको देख्न सकिन्छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको शेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस आधारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागे ५६० रुपैयाँमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा ६६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कम्पनीको गत साता औषतमा २३ हजार १४८ कित्ता शेयर खरिदबिक्री भएको थियो। पछिल्लो २० दिनमा कम्पनीको औषतमा दैनिक ३५ हजार ८१२ कित्ता शेयर कारोबार भएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७९ करोड २४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब २८ करोड ३ लाख ५० हजार रुपैयाँ सञ्चित छ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १ पैसा रहेको छ भने साउन १ गते अनुसार मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ।

मेरोलगानीको फियर एण्ड ग्रीड मिटर अनुसार कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने लोभमा अधिक मूल्यमा खरिद गरिरहेको संकेत गर्दछ।

(नोटः उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय लिनुअघि थप विश्लेषण गर्नु जरुरी छ।)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।