गत साता नेप्सेमा दैनिक औषतमा १ अर्बको शेयर कारोबार

Jul 19, 2020 07:17 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ६३ अंकभन्दा बढी बढेको थियो। पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

गत असार २५ देखिएको गोल्डेन क्रसओभरपश्चात शेयर बजार निरन्तर उकालो लागिरहेको छ। गत साताको अन्तिम कारोबार दिन एक हजार ३९४.७७ विन्दुमा बन्द भएको बजार, आगामी दिन ओरालो लागे एक हजार ३४० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने एक हजार ४४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यद्यपि, गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिका कारण बजार प्रभावित हुने सक्ने सम्भावनालाई भने नकार्न सकिन्न। अधिकांश लगानीकर्ताहरुले पूँजीबजारमैत्री मौद्रिक नीति सार्वजनिक भएको प्रतिक्रिया दिइरहेका छन्।

गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। त्यसैगरी, नेप्सेको पछिल्लो २० दिनको औषत कारोबार रकम ८४ करोड २ लाख रुपैयाँ रहेको छ।

माइक्रोफाइनान्स उपसमूह

यस साता माइक्रोफाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ८ प्रतिशत बढेको थियो। पाँच कारोबार दिनमा १९५.६१ अंक बढेर दुई हजार ४४५.४६ विन्दुमा पुगेको यस उपसमूहले आगामी दिनमा दुई हजार ३५० विन्दुमा टेवा पाउने देखिन्छ भने दुई हजार ५५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।