एक सातामा लगानीकर्ताकाे सम्पत्ती साढे ६३ अर्ब बढ्याे

Jul 24, 2020 02:20 PM Merolagani



यस साता लगानीकर्ताहरुकाे सम्पत्ती साढे ६३ अर्ब बढेकाे छ। अर्थात, गत साताको अन्तिम कारोबार दिन १८ खर्ब ३५ अर्ब ४२ लाख रहेको कुल बजार पूँजीकरण यस साताको अन्तिम कारोबार दिन ६३ अर्ब ५२ करोड ६२ लाख बढेर १८ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

यस साता पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको थियो। दोस्रो दिन भने दुई सकारात्मक सर्किट लागेको बजार अन्तिम समयसम्ममा नकारात्मक भएर बन्द भएको थियो।

गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति पूँजीबजार मैत्री भएपछि लगानीकर्ताहरु उत्साहित भएका थिए। जसका कारण शुरुका दिनमा सकारात्मक सर्किट लागेको थियो। तर, बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा नेप्सेमा करेक्सन भएको थियो।

यस साता नेप्से परिसूचक ४७.८४ अंक अर्थात ३.४३ प्रतिशत बढेर एक हजार ४४२.६१ विन्दुमा पुगेर बन्द भएको छ। यस साता १९७ कम्पनीहरुको एक लाख २८ हजार ३२४ पटकको कारोबारमा सात अर्ब ५९ करोड ६६ लाख रुपैयाँ बराबरको एक करोड ९१ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढ्दा यस साता एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ३५.५६ प्रतिशत कमाएका छन्। गत साताको अन्तिम कारोबार दिन ५८५ रुपैयाँ रहेको यस लघुवित्तको शेयरमूल्य यस साता बढेर ७९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस साता ओरियण्टल होटलको शेयरमूल्य २९.५५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको २५.५४ प्रतिशत बढेको छ।

यस साता नेपाल सेवा लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.६ प्रतिशत घटेको छ। त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.०७ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ६.७८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस साता नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस साता ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस साता एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको ४० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस साता नेपाल दूरसञ्चार कम्पनीको कुल बजार पूँजीकरण ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, नबिल बैंकको ८५ करोड ७२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। 

यस साताको मोस्ट पपुलर बाई स्टक पाँचथर पावर कम्पनी लिमिटेड रहेको छ। त्यसैगरी, शिखर इन्स्योरेन्स, बेष्ट फाइनान्स लगायतका कम्पनीहरु पनि पपुलर बाई स्टकको सूचीमा परेका छन्।
यस साताको मोस्ट पपुलर सेल स्टकमा भने मितेरी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट, गुडविल फाइनान्स लगायतका कम्पनीहरु रहेका छन्।

कारोबारमा आएका १२ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता होटल उपसमूहको परिसूचक सर्वाधिक १३.०६ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक भने यस साता १.८० प्रतिशत घटेको छ।


यस साता नबिल बैंकको ऋणपत्रसहित १३ कम्पनीको कुल १ करोड ५८ लाख १४ हजार ५६८.४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।