फर्स्ट माइक्रोफाइनान्सको कम्पनी विश्लेषण

Jul 25, 2020 11:52 AM Merolagani



अधिकांश त्रैमासहरुमा सबैभन्दा पहिला अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्नमा पनि ‘फर्स्ट’ नै बनेको छ।

लकडाउनका बाबजुत नाफामा सुधार भएको वित्तीय विवरण प्रकाशित गरेको यस माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ५ प्रतिशत बढी हो। सो अवधिसम्ममा यस माइक्रोफाइनान्सले २२ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरी २१ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाउन सफल भएको थियो।

सो अवधिसम्ममा माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४५ पैसा कायम भएको छ। साउन ८ गतेको अन्तिम कारोबार मूल्य अनुसार माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात ३१.४० गुणा रहेको छ। माइक्रोफाइनान्सको बुकभ्यालु १३० रुपैयाँ ९६ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.१८ गुणा रहेको छ। माइक्रोफाइनान्सको आरओई १३.३२ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा १७ प्रतिशत बोनस शेयर वितरण गरेको यस माइक्रोफाइनान्सले सोभन्दा अघिल्लो आर्थिक वर्षमा १२.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

गत साता माइक्रोफाइनान्सको ५ दिने मुभिङ्ग एभरेज र २० दिने मुभिङ्ग एभरेज बिचको दूरी साँघुरिँदै गएको देखिन्छ। यस लगानीकर्ताहरु अघिल्ला दिनहरुको तुलनामा केही कम मूल्यमा शेयर खरिद गरिरहेको संकेत गर्दछ। गत साताको अन्तिम कारोबार दिन माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता ५४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो अनुसार आगामी दिन माइक्रोफाइनान्सको शेयरमूल्य ओरालो लागेमा ४८० रुपैयाँमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा ६०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।


पछिल्ला कारोबार दिनहरुमा माइक्रोफाइनान्सको कारोबार भोल्यूम पनि घट्दै गएको छ। गत साता यस माइक्रोफाइनान्सको दैनिक औषतमा १६ हजार ७४० कित्ता शेयर कारोबार भएको छ। पछिल्लो २० दिनको भोल्यूम भने १३ हजार ९० रहेको छ।

(नाेटः उपलब्ध तथ्यांकका आधारमा गरिएकाे याे विश्लेषण आफैमा पूर्ण हाेइन। लगानीकर्ताले लगानीकाे  निर्णय गर्दा थप विश्लेषण गरी लगानी गर्नु उपयुक्त हुनेछ।)

१० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।