एनएलजी इन्स्योरेन्सको १ लाख ६१ हजार कित्ता शेयर लिलामीमा

Jul 30, 2020 10:51 AM Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) को १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामीमा आउने भएको छ। इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर साउन २२ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने भएको हो।

इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। गत साउन ९ गते इन्स्योरेन्सले निष्काशन गरिएको कुल शेयरमध्ये ३६ लाख ८१ हजार ३५९.५० कित्ता हकप्रद शेयर बाँडफाँट गरेको छ।

बाँकी रहेको संस्थापक समूहको ८१ हजार २२४ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३ कित्ता शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लिलामी शेयरमा आवेदन दिन चाहनेहरुले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयहरु र एनएलजी इन्स्योरेन्सको केन्द्रिय कार्यालयमार्फत आवेदन गर्न सक्नेछन्। लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन्।

शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता शेयरको लागि आवेदन पेश गर्न सक्नेछन्। लिलामी शेयरमा आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म रहेको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।