लक्ष्मी बैंक लिमिटेडको कम्पनी विश्लेषण

Aug 01, 2020 11:49 AM Merolagani



गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता ४ रुपैयाँ बढेर २३६ रुपैयाँमा अन्तिम कारोबार भएको लक्ष्मी बैंक (LBL) को शेयरमूल्यले सो दिन डोजी जस्तै मैनबत्ती बनाएको छ।

यस्तो मैनबत्तीले बैंकको शेयरमूल्य आगामी दिनमा कता जान्छ भन्ने अन्योलमा लगानीकर्ताहरु रहेको संकेत गर्दछ। सो दिन यस बैंकको शेयर अधिकतम २३९ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतममा २३२ रुपैयाँमा कारोबार भएको थियो। कारोबार अवधिभर उतारचढाव भएपनि अन्तिम समयमा अघिल्लो दिनकै मूल्यभन्दा अलि माथि अर्थात २३६ रुपैयाँमा पुगेर बन्द भयो। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्छ कि घट्छ भन्ने कुरामा निश्चित नभएको देखाउँछ।

आगामी दिन बैंकको शेयरमूल्य ओरालो लागे २२० रुपैयाँमा टेवा पाउने देखिन्छ भने उकालो लागे २५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

यो बैंक गत साताको मोस्ट पपुलर स्टक मध्येको एक हो। सो साता यस बैंकको औषतमा ३६ हजार ८६९ कित्ता शेयर खरिदबिक्री भएको थियो। पछिल्लो २० दिनमा यस बैंकको औषतमा ३९ हजार ८६ कित्ता शेयर कारोबार भएको थियो।

यस बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो। ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६० लाख रुपैयाँ सञ्चित छ। गत आवको चैत मसान्तसम्ममा २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकको सञ्चालन मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ छ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८१ पैसा रहेको छ। त्यसैगरी, साउन १५ गतेको अन्तिम कारोबार मूल्य अनुसार बैंकको मूल्य आम्दानी अनुपात १५.९४ गुणा रहेको छ। बैंकको बुकभ्यालु १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेसियो १.७३ गुणा रहेको छ। बैंकको आरओई अर्थात इक्विटीमा प्रतिफल १०.८३ प्रतिशत रहेको छ।

पछिल्लो कारोबार दिन अनुसार बैंकको १४ दिने आरएसआई न्यूट्रल जोन अर्थात ५९.३० स्केलमा रहेको छ। यसले बजारमा खरिदबिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

नेप्सेमा बैंकको हाल ९ करोड ८१ लाख २५ हजार ६०० कित्ता शेयर सूचीकृत छ। पछिल्लो पटक बैंकको शेयर प्रतिकित्ता २३६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको कुल बजार पूँजीकरण २३ अर्ब १५ करोड ७६ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ। बैंकको १८० दिनको औषत मूल्य २२४ रुपैयाँ २९ पैसा रहेको छ। त्यसैगरी, पछिल्लो ५२ हप्ताको उच्च मूल्य २६७ रुपैयाँ रहेको छ भने न्यून मूल्य १८६ रुपैयाँ रहेको छ।

‘फियर एण्ड ग्रीड’ मिटरमा बैंक अहिले ‘ग्रीड’ जोनमा रहेको छ। अघिल्लो सातासम्म ‘न्यूट्रल’ जोनमा रहेका यस बैंकको शेयरमूल्य अहिले ग्रीड जोनमा उक्लिएको हो। यसले लगानीकर्ताहरु गत सातादेखि यस बैंकको शेयरमूल्य बढ्छ भन्ने सोचका साथ खरिद गर्न थालेको संकेत गर्दछ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।