अन्य आम्दानी बढेपछि हिमालयन उर्जाको नाफामा सुधार

Aug 07, 2020 05:50 AM Merolagani



विद्युत उत्पादन नथालेको हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ लाख ६३ हजार रुपैयाँ घाटामा रहेको थियो।

हाइड्रोपावरले अन्य श्रोतमार्फत ६६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेकोमा १५ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष उसले अन्य स्रोतमार्फत १९ लाख ५३ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो।

हाल ९९ करोड रुपैयाँ शेयर पूँजी रहेको हाइड्रोपावरको जगेडा कोष ८५ लाख ३५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कोष १ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा ४३ पैसा धनात्मक भएको छ। हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १४ पैसा रहेको छ। कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात २००.७६ गुणा छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।