अन्य आम्दानी बढेपछि हिमालयन उर्जाको नाफामा सुधार

Aug 07, 2020 05:50 AM Merolagani



विद्युत उत्पादन नथालेको हिमालयन उर्जा विकास कम्पनी (HURJA) ले गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ लाख ६३ हजार रुपैयाँ घाटामा रहेको थियो।

हाइड्रोपावरले अन्य श्रोतमार्फत ६६ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेकोमा १५ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्ष उसले अन्य स्रोतमार्फत १९ लाख ५३ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो।

हाल ९९ करोड रुपैयाँ शेयर पूँजी रहेको हाइड्रोपावरको जगेडा कोष ८५ लाख ३५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कोष १ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा ४३ पैसा धनात्मक भएको छ। हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १४ पैसा रहेको छ। कम्पनीको वार्षिक मूल्य आम्दानी अनुपात २००.७६ गुणा छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।