निष्क्रिय कर्जा बढ्दा आरम्भ चौतारीको खुद नाफामा दबाब

Aug 10, 2020 07:09 AM Merolagani

गत असार २२ गतेदेखि दुई संस्था मर्ज भई एकीकृत कारोबार शुरु गरेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अवधिसम्ममा लघुवित्तको अधिकांश सूचकमा सामान्य सुधार भएको देखिएको छ।

गत असार मसान्तसम्ममा लघुवित्तले ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउनु परेका कारण लघुवित्तको खुद नाफामा केही दबाब पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९७.२१ प्रतिशत बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११.२९ प्रतिशत बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ। सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउँदा लघुवित्तको सञ्चालन मुनाफा प्रभावित भएको हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ०.५१ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १.४४ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४ करोड २० लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले यस्तो व्यवस्थाबापत १ करोड १३ लाख रुपैयाँ मात्र छुट्याएको थियो।

२६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तको जगेडा कोषमा १ करोड २ लाख रुपैयाँ सञ्चित थियो। सो अवधिसम्ममा लघुवित्तले ८८ करोड ५७ लाख निक्षेप र १ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सापटीबाट २ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२.२५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.११ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ ११५.९८ रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।