करिब १५ रुपैयाँ घट्यो गुराँस लघुवित्तको प्रतिशेयर आम्दानी

Aug 12, 2020 06:13 AM Merolagani

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी घटेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ १७ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा १४ रुपैयाँ ८७ पैसा घटेर ४ रुपैयाँ ३० पैसामा सीमित भएको छ। लुघवित्तको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि उल्लेख्य गिरावट आएको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ७५.८४ प्रतिशत घटेर ३५ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष लुघवित्तले १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि अन्य सञ्चालन आम्दानी घट्नुका साथै खर्च र निष्क्रिय कर्जा बढ्दा लघुवित्तको नाफा घट्न दबाब पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६८ लाख २५ हजार रुपैयाँ बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड ५९ लाख ५२ हजार रुपैयाँ घटेर ५६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी १ करोड ५ लाख रुपैयाँले घटेको छ भने कर्मचारी खर्च करिब १ करोड बढेको छ। यसका साथै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३९ लाख २६ हजार रुपैयाँ छुट्याएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० ला ५३ हजार रुपैयाँ बढी हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.२४ प्रतिशतविन्दु बढेर ३.९४ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तले ५५ करोड १९ लाख रुपैयाँ सापटी र १४ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तले ५१ करोड ८७ लाख रुपैयाँ सापटी र १० करोड ६२ लाख रुपैयाँ निक्षेपबाट ६८ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जगेडा कोषको आकार ३ प्रतिशत बढेको हो। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १९५.७५ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ७५ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।