बैंक अफ काठमाण्डूको खुद नाफा २२ प्रतिशत घट्यो, वितरण योग्य मुनाफा कति?

Aug 12, 2020 06:50 AM Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.२१ प्रतिशत घटेको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको साही अवधिसम्ममा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२.२५ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३० करोड १ लाख रुपैयाँ रहेको वितरण योग्य मुनाफा गत आर्थिक वर्षमा ४१ करोड ९४ लाख रुपैयाँ घटेर ८८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २७ पैसा घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात असार मसान्तमा १२.६९ गुणा कायम भएको छ भने प्रतिशेयर खुद सम्पत्ती मूल्य १६७ रुपैयाँ ४४ पैसा कायम भएको छ।

८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड ८४ लाख रुपैयाँ र शेयरधनी कोषमा ९५ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड रहेको थियो भने जगेडा कोष ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।

असार मसान्तसम्ममा ९२ अर्ब १० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ७५ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ करोड ७० लाख रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६२ करोड ९६ लाख रुपैयाँ घटेर २ अर्ब ११ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ४.४० प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा झरेको छ भने आधारदर ९.९८ प्रतिशतबाट घटेर ८.७१ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।