जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकको नाफा कति?

Aug 14, 2020 11:06 AM Merolagani

जनता बैंकलाई आफुमा गाभेको ग्लोबल आइएमई बैंक (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।

मर्जरमा जानु अगाडिको जनता बैंकको समेत नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। मर्जर अगाडिको जनता बैंकको नाफा ४५ करोड १३ लाख थियो। गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ छ।

बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिशन, संचालन आम्दानी तथा संचालन नाफा बढेको छ। साथै बैंकको ब्याज खर्च, संचालन खर्च लगायतका खर्च बढेको छ भने खराब कर्जा समेत बढेको छ।

चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी १६.२७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५२.९२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात १४.६९ गुणा छ।

असार मसान्तसम्म बैंकले बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा २ अर्ब ९५ करोड रुपैयाँले धेरै हो। बैंकको सञ्चालन नाफा ४ अर्ब ४० करोड छ।

अघिल्लो आवाको यसै अवधिको तुलनामा बैंकको खराब कर्जा भने ०.५५ प्रतिशतबाट बढेर १.८० प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.४२ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ७३.१८ प्रतिशत तथा स्प्रेडदर ४.४३ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।