सिभिल बैंकको खुद नाफा ३५ प्रतिशत घट्यो, वितरण योग्य मुनाफा २५ करोड मात्रै

Aug 14, 2020 05:51 PM Merolagani

सिभिल बैंक लिमिटेड(CBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.४० प्रतिशतले घटेर ४५ करोड ७० लाख रुपैयाँ सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ७० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सञ्चालन मुनाफ घट्नु र खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख रुपैयाँ अर्थात् १.८६ प्रतिशतले बढेर २ अर्ब २३ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २० करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

यस्तै, बैंकको सञ्चालन मुनाफा भने ५० करोड ३ लाख रुपैयाँ अर्थात ४२.६ प्रतिशत घटेर ६७ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकको सञ्चालन मुनाफा एक अर्ब १७ करोड ४६ लाख रुपैयाँ थियो। 

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। ८ अर्ब ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १३ पैसा घटेर ५ रुपैयाँ ७१ पैसा कायम भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा थियो। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंककाे वितरण योग्य मुनाफा २५ करोड २१ लाख रुपैयाँ रहेको छ। यस्तै बैंकको जगेडा कोषमा १ अर्ब ८० करोड ४० लाख रुपैयाँ सञ्चित छ भने बैंकको रिटेन्ड अर्निङ्ग २६ करोड ४७ लाख रुपैयाँ रहेको छ। 

बैंकले यस अवधिमा ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

बैंकको निष्क्रिय कर्जा २.३७ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३४ गुणा कायम भएको छ।

असार मसान्तसम्ममा बैंकको आधार दर ९.८४ प्रतिशत छ भने स्प्रेड दर ३.९२ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।