खर्च नियन्त्रण गर्न नसक्दा घट्यो प्रभु बैंकको नाफा, अन्य सूचक कस्तो?

Aug 15, 2020 06:23 AM Merolagani

प्रभु बैंक लिमिटेड (PRVU) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकको गत आवको नाफा अघिल्लो आवको तुलनामा ४१ करोड ६६ लाख रुपैयाँ कम हो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि खर्च नियन्त्रण गर्न नसक्दा बैंकको खुद नाफा घटेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४ करोेड ७७ लाख रुपैयाँ बढेर ४ अर्ब ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १७ करोड ८० लाख रुपैयाँ घटेर २ अर्ब ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ। कर्मचारी खर्च, अन्य सञ्चालन खर्च लगायतका खर्चमा वृद्धि हुँदा बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो।

अघिल्लो आवको चौथो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ रहेको बैंकको वितरण योग्य मुनाफा गत आवको सोही अवधिमा घटेर १ अर्ब ८ करोड रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ १ पैसा घटेर १३ रुपैयाँ ९३ पैसा कायम भएका छ। बैंकको मूल्य आम्दानी अनुपात १५.८७ गुणा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २९ पैसा कायम भएको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोष २७ करोड ८४ लाख रुपैयाँ बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्ग ४१ करोड ५० लाख रुपैयाँ घटेर १ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको यस बैंकको निष्क्रिय कर्जा ३.२६ प्रतिशतबाट घटेर २.८१ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको आधारदर ९.३६ प्रतिशतबाट घटेर ८.३२ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.७० प्रतिशतबाट ३.५७ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।