खर्च र प्रभिजनिङ्ग बढ्दा छिमेकको नाफा घट्यो

Aug 16, 2020 08:53 AM Merolagani

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आवको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

अघिल्लो आवको अन्त्यसम्ममा ९२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले गत आवमा ६४ करोड ९२ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ। लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि खर्च र सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउँदा खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ३ लाख रुपैयाँ बढेर १ खर्ब ७५ करोड ३८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ५५ करोड ७१ लाख रुपैयाँ घटेर ८७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवमा लघुवित्तको जगेडा कोषमा १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७४ पैसा घटेर ४३ रुपैयाँ २८ पैसामा सीमित भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २५.१८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ९७ पैसा कायम भएको छ।

लघुवित्तले असार मसान्तसम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ निक्षेप र ४ अर्ब ७ करोड रुपैयाँ सापटीबाट १९ अर्ब ३७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको निष्क्रिय कर्जा ०.२८ प्रतिशतबाट बढेर ०.४५ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ४७ करोड ५७ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो आवमा लघुवित्तले यस्तो व्यवस्थामा ६ करोड ३८ लाख रुपैयाँ छुट्याएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।