स्टकको विश्लेषण गर्न सिकाउने पुस्तक ‘सेक्यूरिटी एनालाइसिस’ को सारंश

Aug 19, 2020 08:23 PM Merolagani

गत साता हामीले ‘सेक्यूरीटी एनालाइसिस’ पुस्तक सारंशको पहिलो भाग प्रस्तुत गरेका थियौँ। एक लगानीकर्ताले कुनै पनि स्टक खरिद गर्नुअघि कसरी त्यसको विश्लेषण गर्नुपर्छ भन्ने कुरा यस पुस्तकले सिकाउँछ।

‘भ्यालु इन्भेष्टिङ्गका पिता’ मानिने बेन्जामिन ग्राहम र डेभिड डोडद्वारा लिखित यस पुस्तकमा लगानीकर्तालाई कसरी सहि स्टक छान्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारंशको दोस्रो तथा अन्तिम भागः

एक एकाउण्ट जसमा लगानीकर्ताहरुले निकै विचार गर्नुपर्ने हुन्छ त्यो हो, ‘नन रिकरेन्ट’ एक्सपेन्सेस र रेभिन्यू। यस अवधारणालाई नजिकबाट हेरौँ। मानौँ एक नाफामुलक कम्पनी छ जसले प्रत्येक वर्ष १० लाख डलर मुनाफा आर्जन गरिरहेको छ र एक निश्चित वर्षमा असम्बन्धित ठूला लगानीबाट २० लाख डलर लाभ प्राप्त गर्दछ। तपाईको विचारमा अब त्यो कम्पनी कति लाभदायक छ? यदि तपाईले तल्लो लाइनमा ध्यान दिनुभयो भने तपाईले खुद नाफा ३० लाख देख्नुहुन्छ तर, के तपाई भ्यालुएसनको लागि त्यही नाफालाई आधार बनाउन चाहनुहुन्छ? आफ्नो कोर विजनेसलाई प्रयोग गरेर त्यस कम्पनीले १० लाख डलर नाफा कमाइरहेको छ र त्यस कम्पनीको मूल्याङ्कन गर्न त्यही अंकलाई भ्यालु दिन सबैभन्दा उचित हुनेछ। यद्यपि, यस कुराको केही ग्यारेन्टी छैन कि अर्को वर्ष पनि त्यस्तै असम्बन्धित व्यवसायबाट त्यति नै मुनाफा आर्जन गर्छ।

विगतका कमाईहरुलाई फर्केर हेर्दा, ग्राहमले विश्लेषकलाई एक साधारण गलत धारणाको बारेमा चेतावनी पनि दिन्छन्ः यस ट्रेण्डमा बडी जोड दिइएको छ। उदाहरणको लागि, यदि एक स्टकको ईपीएस अर्थात अर्निङ्ग पर शेयर हरेक वर्ष १ डलर बढिरहेको छ, भनौँ पछिल्लो ४ वर्षमा ३ डलरदेखि ७ प्रतिशतसम्म, त्यहाँ कुनै ग्यारेन्टी छैन कि आगामी वर्ष त्यसको नाफा ८ डलर हुन्छ, यो अझ कम सम्भावना पनि छ कि तपाई भविष्यमा पनि सोही ट्रेण्डलाइनलाई जारी राख्छ। स्पष्ट रुपमा, सकारात्मक ट्रेण्ड राम्रो छ, तर विश्लेषक धेरै रुढीवादी हुनुपर्दछ र भविष्यको आम्दानीको अपेक्षा गर्नुभन्दा हालको आम्दानीमा निर्भर हुनुपर्दछ। त्यस्तै, जब आयको नकारात्मक ट्रेण्ड अवलोकन गर्दा, यो नकारात्मक ट्रेण्ड जारी रहन्छ भन्ने अनुमान गर्नु राम्रो अभ्यास हुनेछैन। यो सम्भव हुन सक्छ कि पुरै क्षेत्रमा गिरावट आयो र आम्दानीमा आएको कमी तुलनात्मक रुपमा कम खराब हुनसक्छ। यसले यो संकेत गर्दछ कि सो कम्पनी समयको बदलावसँगै राम्रो लगानीको विकल्प बन्न सक्नेछ।

अस्थिरभन्दा स्थिर आम्दानीले भविष्यमा के हुन्छ भन्ने अनुमान लगाउन सहज बनाउँछ। अस्थिर आम्दानीको विशिष्ट उदाहरण नयाँ उत्पादनहरु हुन्। प्रायः प्रिमियम त्यस्ता कम्पनीहरुको स्टकका लागि तिरिन्छ, जसका कारण अक्सर लगानीकर्ताहरु पछुताउँछन्। सुरुवातमा, जुन कम्पनी बजारको शीर्ष स्थानमा छ, त्यसले बजारमा ठूलो हिस्सा ओगट्छ र उच्च मुनाफासहित उच्च मूल्य कायम गर्दछ। बजारमा नयाँ प्रविष्टिहरुले पछि मूल्य तल ड्राइभ गर्दछन् र कृत्रिम उच्च मूल्य कायम राख्न सक्दैन।

भविष्यको कमाई अनुमान गर्न सकिन्छ यदि तपाई त्यस क्षेत्र र व्यवसायलाई साँच्चिकै बुझ्नुहुन्छ भने। राम्रो कम्पनीहरु पनि खराब समयमा पैसा गुमाउन सक्छन् र खराब कम्पनीहरु पनि जब बजारको स्थिति उत्तम हुन्छ तब लाभदायक हुन सक्छ। विश्लेषकले जहिले आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ कि त्यो क्षेत्र कुन राज्यमा छ र कसरी एक निश्चित व्यवसायले परिवर्तनहरुमा प्रतिक्रिया जनाउन सक्षम हुन्छ।

ब्यालेन्स सिटले कम्पनीको बारेमा कसरी सत्यताको खुलासा गर्दछ?

एक दक्ष लगानीकर्तालाई थाहा हुन्छ कि तपाई कम्पनीको पूर्ण चित्र बुझ्नको लागि विभिन्न वित्तीय स्टेटमेन्टहरुको अध्ययन गर्न आवश्यक छ। इन्कम स्टेटमेन्टले मात्र सिक्काको एक पक्ष देखाउँछ, तर एक वित्तीय विश्लेषण ब्यालेन्स सिटलाई नजिकबाट परीक्षण नगरी पूर्ण हुन सक्दैन। ब्यालेन्स सिटका धेरै उद्देश्यहरुमध्ये एक र सम्भवत सबैभन्दा महत्वपूर्ण यो हो कि यसले वित्तीय कमजोरी पत्ता लगाउन सहयोग गर्दछ।

एक वित्तीय कमजोरी खोज्नु पर्ने यो हो कि के उनीहरु पैसाबाट सर्ट टर्म लाइविलिटिज तिर्न सक्छ कि सक्दैन जसले निकट भविष्यमा त्यो फ्लो हुने अपेक्षा गर्न सकियोस्। अन्यथा कम्पनीलाई तपाईको थप ऋणको आवश्यकता पर्दछ। सोही कारण, ग्राहम भन्छन् कि एक लगानीकर्ताले त्यस्ता कम्पनी चयन गर्नुपर्छ जसको करेन्ट रेशियो १.५ देखि २ होस्। यसका साथै, उनी सुझाव दिन्छन् कि १ भन्दा बढी एसिड टेस्ट रेशियो हुनु आवश्यक छ, यसको अर्थ, कम्पनीले आउँदो १२ महिनामा कुनै पनि वस्तु बेचेको छैन भने पनि सर्ट टर्म लाइबिलिटिज पूरा गर्न सकिन्छ। ब्यालेन्स सिटले कम्पनीको वित्तीय संरचना पनि उजागर गर्दछ। शुरुमा इक्विटीबाट नभई ऋणबाट पोषित एक नाफामुलक कम्पनीले तुफानको सामना गर्दा त्यो समस्यामा फस्न सक्दछ।

सेक्यूरिटी एनालाइसिस पढेपछि थाहा पाइने एउटा मूख्य कुरा यो हो कि धेरैजसो लगानीकर्ताहरु बुक भ्यालु पत्ता लगाउने उद्देश्यले ब्यालेन्स सिट हेर्छन्। बुक भ्यालु एउटा एसेटको त्यस्तो सैद्धान्तिक भ्यालु हो जुन डेब्ट घटाएपछि प्राप्त हुन्छ। ग्राहम विश्वास गर्छन् कि यो एक मूल्यवान उपाय हो जुसलाई ध्यानमा राख्नुपर्दछ, तर साथसाथै सावधानी अपनाउन चेतावनी पनि दिन्छन्। धेरैजसो लगानीकर्ताहरुले १ भन्दा कम बुकभ्यालु भएका कम्पनीहरु रोज्छन् तर, स्टकको मूल्य बढ्न असफल हुँदा स्तब्ध पनि भएका छन्। त्यसको कारण यो हो कि त्यस्ता कम्पनीहरुले बुकभ्यालु १ भन्दा कममा ट्रेड गर्नु हुँदैन किनभने लगानीकर्ताहरु त्यस्ता कम्पनी खरिद गर्न सक्छन् र नाफाको लागि तरल बनाउँछन् र केबल यो धारणाले समयसँगै मूल्य बढाउँछ।

अन्य अनुपातहरुजस्तै बुकभ्यालुलाई पनि हेरफेर गर्न सकिन्छ, तर, त्यसको प्रमुख कारण त्यो होइन। एसेटको सच्चा लिक्डिेसन भ्यालु मूल्याङ्कन गर्नका लागि ब्यालेन्स सिटका प्रत्येक छुट्टाछुट्टै खाताहरु रहस्य लुकेको हुन्छ। उदाहरणका लागि, खाना बेच्ने कम्पनीका लागि इन्भेन्टरीको हतारमा सामान बेच्नु पर्यो भने बुक भ्यालु बजार मूल्यसँग पक्कै मिल्दैन। ब्यालेन्स सिटले इन्कम स्टेटमेन्टमा फेला गरेको आम्दानीलाई पुष्टि गर्दछ। मानौँ एक कम्पनीले विभरेजहरु उधारोमा बिक्री गरिरहेको छ। त्यो त्यति गाह्रो हुँदैन किनभने उधारोमा सामान्य बिक्री गर्ने अभ्यास सबै क्षेत्रमा उत्तीकै छ। अब मान्नुहोस् कि त्यस कम्पनीले त्यो उधारो प्रयोग गरेर नाफा बढाउन चाहन्छ। त्यस कम्पनीले ग्राहकहरुका लागि दीर्घकालिन कर्जा प्रवाह गर्दछ र आफुले दिइरहेको भन्दा कम क्रेडिट रेटिङ्ग प्राप्त कम्पनीहरुमा पनि सेवा विस्तार गर्दछ। इन्कम स्टेटमेन्टमा कम्पनीले नाफा बढाएको देखिन्छ, कम्तिमा पनि छोटो अवधिको लागि, यद्यपि, तपाई वास्तवमा देख्न सक्नुहुन्छ कि ग्राहकलाई दिएको ऋण गरी सन्तुलन गरिएको छ, विभरेज कम्पनीले पैसा प्राप्त नगर्दा हुने जोखिमको बारेमा ज्ञान भएका होसियार लगानीकर्ताहरु बाहेक अन्य लगानीकर्ताहरु अस्थायी वृद्धिमा खुसी हुन्छन्।

अनुवादः प्रत्येक अवाले

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।