गत साता करिब १ अर्ब बढ्यो दैनिक औषत कारोबार रकम

Aug 30, 2020 08:23 AM Merolagani



गत साता दैनिक औषत कारोबार रकममा वृद्धि देखिएको छ। अघिल्लो साता दैनिक औषतमा ९८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा गत साता १ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

मुलुकका अधिकांश जिल्लाहरुमा लकडाउन तथा निषेधाज्ञा जारी रहेपनि नेप्सेको कारोबार रकम भने बढेको छ। अधिकांश लगानीकर्ताहरु अहिले अनलाइनमार्फत कारोबार गरिरहेका छन्।

देशमा अन्य लगानीका क्षेत्रहरु सुस्ताको बेला शेयर बजार बढेका कारण अन्य क्षेत्रका लगानीकर्ताहरु पनि बजार प्रवेश गर्न थालेको जानकारहरु बताउँछन्। निषेधाज्ञाका कारण प्रायः सबै व्यापार व्यवसाय तथा लगानीका क्षेत्रहरु बन्द छन्। यसका साथै बैंकहरुको ब्याजदरमा आएको कमीले पनि शेयर बजारका साथै कारोबार रकम बढेको उनीहरुको भनाइ छ।

गत साताको दैनिक औषत कारोबार रकम बढेसँगै पछिल्लो २० दिनको औषत कारोबार रकम पनि बढेको छ। नेप्सेको पछिल्लो २० दिनको औषत कारोबार रकम १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। अघिल्लो साता यस्तो रकम १ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

अघिल्लो साताको अन्तिम कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने करेक्सन भएर बन्द भएको छ। पाँच कारोबार दिनमा ७० अंक बढेपछि गत बिहीबार नेप्सेमा चार अंकको करेक्सन भएको हो।

गत साता १४५८.०४ विन्दुमा बन्द भएको नेप्से आगामी साता ओरालो लागे १४०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा १५२० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

फियर एण्ड ग्रीडमा नेप्से परिसूचक गत साता ग्रीड जोनमा रहेको छ। अघिल्लो साता पनि नेप्से सोही जोनमा थियो। यसले लगानीकर्ताहरु बजार बढ्ने अपेक्षाका साथ कारोबार गरिरहेको संकेत गर्दछ।

(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानीकाे न्यूजलेटरमा)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।