भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गर्दै तीन लघुवित्त

Aug 30, 2020 07:56 AM Merolagani



जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर पश्चात भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। यी तीन लघुवित्तले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

लघुवित्तले नेपाल राष्ट्र बैंकको साउन २६ गते एकिकृत कारोबारका लागि अन्तिम स्वीकृती प्राप्त गरेको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत स्वीकृती प्राप्त गरिसकेको छ।

भदौ २२ गतेदेखि एकिकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेशन प्रयोजनको लागि भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुनेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।