निरन्तर तेस्रो कारोबार दिन ओरालो लाग्यो नेप्से, तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा कारोबार

Sep 07, 2020 03:26 PM Merolagani

नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो लागेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस साताको सोमबार पनि सोही गतिलाई निरन्तरता दिएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १२.१७ अंक घटेर १४८७.८१ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.५५ अंक घटेर २९८.६४ विन्दुमा झरेको छ। यस दिन १९२ कम्पनीको २८ हजार ७८ पटकको कारोबारमा २ अर्ब १६ करोड ४९ लाख ३० हजार रुपैयाँ बराबरको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिन तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्त, यूनिर्भसल पावर कम्पनी र जोशी हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य निरन्तर दोस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ घटेर ४३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४८ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ हजार ६४६ पटकको कारोबारमा २८ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ७०४ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नागरिक लगानी कोषको १५ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

comments powered by Disqus