वित्तीय विवरण प्रकाशित गरेको जलविद्युत कम्पनीहरुमध्ये कुनको अवस्था कस्तो?

Sep 08, 2020 09:59 AM Merolagani



नेप्सेमा सूचीकृत ३३ जलविद्युत कम्पनीहरुमध्ये हालसम्ममा जम्मा २३ जलविद्युत कम्पनीहरुले मात्र गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

सो अवधिसम्ममा २३ जलविद्युत कम्पनीहरुले कुल २ अर्ब ३३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। त्यसैगरी, यी कम्पनीहरुले विद्युत बिक्रीबाट कुल ५ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेका छन्। २३ जलविद्युत कम्पनीहरुको कुल चुक्ता पूँजी ४६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

नाफाका आधारमा चिलिमे अगाडि

वित्तीय विवरण प्रकाशित गरेका २३ जलविद्युत कम्पनीहरुमध्ये नाफाका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। चिलिमेले सो अवधिसम्ममा ७५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। २३ कम्पनीमध्ये ६ वटा कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ अर्थात ६ कम्पनीहरुले नोक्सानी व्यहोरेका छन्। सबैभन्दा बढी नोक्सानी अपर तामाकोशी हाइड्रोपावरले व्यहोरेको छ।

विद्युत बिक्री आम्दानी पनि चिलिमे हाइड्रोपावरको बढी

असार मसान्तसम्ममा चिलिमे हाइड्रोपावरले १ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत बिक्रीबाट सबैभन्दा कम आम्दानी भने रैराङ्ग हाइड्रोपावरको रहेको छ। कम्पनीले विद्युत बिक्रीबाट ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। २३ मध्ये ५ जलविद्युत कम्पनीहरुले हालसम्म विद्युत उत्पादन गरेको छैन।

चुक्ता पूँजी अपर तामाकोशीको बढी, जगेडाकोषमा बुटवल पावर अगाडि

यी कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पूँजी अपर तामाकोशीको रहेको छ। सो जलविद्युत कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। यद्यपि, यस कम्पनीको जगेडा कोष भने सबैभन्दा कम रहेको छ। २३ जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा बढी जगेडा कोष बुटवल पावरको रहेको छ। कम्पनीले यस्तो कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ सञ्चय गरेको छ।

६ कम्पनीको ईपीएस ऋणात्मक

असार मसान्तसम्ममा ६ कम्पनीहरुको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ऋणात्मक रहेको छ। सबैभन्दा बढी ईपीएस बुटवल पावर कम्पनीको रहेको छ। असार मसान्तसम्ममा सो कम्पनीको ईपीएस २६ रुपैयाँ ९३ पैसा कायम भएको छ। सबैभन्दा कम ईपीएस भने हिमालयन उर्जाको छ।

सबैभन्दा बढी नेटवर्थ बुटवल पावरको

यी कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रतिशेयर नेटवर्थ बुटवल पावर कम्पनीको रहेको छ। असार मसान्तसम्ममा कम्पनीको नेटवर्थ २६८ रुपैयाँ ९६ पैसा रहेको छ। सबैभन्दा कम नेटवर्थ भने दिव्यश्वरी हाइड्रोपावरको रहेको छ।

पीई रेशियो हिमालयन उर्जाको बढी

भदौ २२ गतेको अन्तिम कारोबार मूल्य अनुसार सबैभन्दा बढी मूल्य आम्दानी अनुपात हिमालयन उर्जाको देखिएको छ। सो कम्पनीको मूल्य आम्दानी अनुपात २३२.५६ गुणा कायम भएको छ। सो दिनको मूल्य अनुसार ६ कम्पनीको पीई रेशियो ऋणात्मक रहेको छ भने ९ कम्पनीको २० भन्दा कम रहेको छ।

आरओई सिनर्जीको बढी

सबैभन्दा बढी आरओई अर्थात रिटर्न अन इक्विटी सिनर्जी पावरका रहेको छ। असार मसान्तसम्ममा कम्पनीको आरओई १४.८६ प्रतिशत रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।