इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

Sep 12, 2020 07:09 PM Merolagani



गत साताको अन्तिम कारोबार दिन अर्थात भदौ २५ गते इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को शेयरमूल्यले टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन लघुवित्तको शेयरमा राम्रो खरिदचाप रहेपनि अन्तिम समयमा भने बिक्रीचाप बढेको संकेत गर्दछ।

सो दिन लघुवित्तको शेयर ८४८ रुपैयाँमा पहिलो कारोबार भएको थियो भने ८७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिन लघुवित्तको उच्च मूल्य ८९० रुपैयाँ र न्यून मूल्य ८४८ रुपैयाँ थियो।

लघुवित्तको ५ दिने इएमए र २० दिने इएमएले गत भदौ ९ गतेका दिन गोल्डेन क्रसओभर बनाएको थियो। सोही दिनदेखि लघुवित्तको शेयरमूल्य निरन्तर उकालो लागेको हामी तलको चित्रमा देख्न सक्छौँ।

शेयरमूल्यसँगै पछिल्लो समय लघुवित्तको औषत कारोबार पनि बढेको छ। गत साता लघुवित्तको दैनिक औषतमा ६ हजार ५१० कित्ता शेयर कारोबार भएको थियो। यो अघिल्लो साताको तुलनामा ८२.५७ प्रतिशत बढी हो। लघुवित्तको पछिल्लो २० दिनको भोल्यूम ३ हजार ५६५ कित्ता रहेको छ।

गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ७४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो। २२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ।


लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ७९ पैसा कायम भएको छ। भदौ २५ गतेको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.०४ गुणा रहेको छ। लघुवित्तको बुक भ्यालु १३४ रुपैयाँ ३५ पैसा रहेको छ भने आरओई १५.४७ प्रतिशत रहेको छ।
प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा पछिल्लो समय लघुवित्तको शेयर बुलिस ट्रेण्डमा देखिन्छ।


हाल नेप्सेमा लघुवित्तको २२ लाख ८१ हजार ४०० कित्ता शेयर सूचीकृत छ। भदौ २५ गतेको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको कुल बजार पूँजीकरण १ अर्ब ९९ करोड ३९ लाख ४३ हजार ६०० रुपैयाँ रहेको छ। लघुवित्तको शेयरमूल्य पछिल्लो ५२ हप्ताको उच्च मूल्य ९५३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४१५ रुपैयाँ रहेको छ।


फियर एण्ड ग्रीड मिटरमा लघुवित्त अहिले ग्रीड जोनमा छ। यसले लगानीकर्ताहरु लघुवित्तको शेयरमूल्य बढ्ने अपेक्षाले खरिद गरिरहेको संकेत गर्दछ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।