इजरायलको यूएई र बहराइनसँगको सम्झौताले के फरक पार्छ?

Sep 15, 2020 08:07 PM Merolagani

इजरायल र संयुक्त अरब इमेरिट्स (यूएई) का उच्चस्तरीय प्रतिनिधि मण्डलले मंगलबार ह्वाइट हाउसमा एक ऐतिहासिक यूएस–ब्रोकर्ड शान्ति सम्झौतामा हस्ताक्षर गर्नेछन्।

अघिल्लो साता अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेझैँ इजरायलसँगको सम्बन्ध सामान्य बनाउनका लागि बहराइनका विदेशमन्त्री पनि सो कार्यक्रममा सहभागित भई आफ्नै सम्झौता गर्नेछन्।

यो सम्झौता किन महत्वपूर्ण छ त? यसका पाँच कारणहरु छन्ः

१) खाडी मुलुकहरुले व्यापारका साथै अन्य धेरै अवसर पाउनेछन्

यो सम्झौताले महत्वकांक्षी इमेरिट्सलाई मद्दत पुग्नेछ जसले आफैलाई एक सैन्य शक्तिको रुपमा निर्मित गर्नुका साथै व्यवसाय गर्न अथवा छुटटी मनाउनका लागि पनि स्थान बनाएको छ।

यस्तो लाग्छ कि यूएईले विगतमा मुस्किलले किन्न सकेका उन्नत हतियारहरु दिने बाचा गरी यस सम्झौता सम्पन्न गराएको हो। उन्नत हतियारमा एफ ३५ स्टील्थ फाइटरर ईए १८ जी ग्रोवलर इलेक्ट्रोनिक युद्ध विमान समावेश छन्।

यूएईले पहिले नै आफ्ना सुसज्जित सशस्त्रहरुको प्रयोग लिबिया र यमनमा गरिसकेको छ। तर, यसको सबैभन्दा ठूलो दुश्मन भनेको खाडीको अर्को तर्फ रहेको मुलुक इरान हो।

इजरायल र अमेरिकाले इरानीहरुलाई शंका गरिसकेका छन्। र बहराइनले पनि त्यस्तै गरिसकेको छ। सन् १९६९ सम्ममा इरानले बहराइन आफ्नो राज्यको हिस्सा भएको दाबी गर्दथ्यो। बहराइनका सुन्नी शासकहरु पनि आफ्ना बाँकी शिया बहुमतको वर्गलाई इरानको सम्भावित पाँचौँ स्तम्भका रुपमा लिन्थे। दुबै खाडी मुलुकहरुले पहिलेदेखि नै इजरायलसँग सम्बन्धलई मुस्किलले लुकाएका थिए। यदी उनीहरु खुला रुपमा व्यापार गर्न तत्पर हुनेछन् किनकी इजरायलसँग दुनियाँको सबैभन्दा उन्नत र उच्च प्रविधि छ।

कोभिड नभएको समयमा, इजरायलीहरु खाडीका मरभूमि, समुद्री किनारा, मलहरु घुम्न शैकीन मानिसहरु हुन्। यो सबैतिरबाट राम्रो बिजनेस हो।

२) इजरायलले आफ्नो क्षेत्रिय आइसोलेसनलाई कम गर्नेछ

यूएई र बहराइनसँगको सम्बन्धलाई सामान्य बनाउनु इजरायलीहरुका लागि एउटा ठूलो उपलब्धी हुनेछ।

सन् १९२० को समयमा, यहूदी राज्य र अरब राज्यबीच एक ‘फलामको ढोका’ हुनुपर्छ भन्ने रणनीतिमा विश्वास गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पहिला व्यक्ति हुन्। यसको पछाडिको कारण यो हो कि, इजरायलको तागतले अन्त्यमा अरबलाई यसको अस्तित्व स्वीकार गर्नु नै अन्तिम विकल्प हो भन्ने महसुस गराउनु थियो।

इजरायलीहरुलाई मध्य पूर्वमा आइसोलेट भएको मन पर्दैन। इजिप्ट र जोर्डानसँगको सम्बन्ध कहिल्यै न्यानो हुन सकेन। उनीहरु खाडी मुलुकहरुसँगको भविष्यको सम्बन्धलाई लिएर आशावादी हुन सक्छन्।

इरान विरुद्धको गठबन्धनलाई बलियो बनाउनु एक ठूलो उपलब्धी हो। नेतन्याहु इरानलाई इजरायलको नम्बर एकको दुश्मनको रुपमा हेर्दथे र अधिकांश समय आफ्ना नेताहरुको तुलना नाजीहरुसँग गर्थे। उनले यूएईको सम्भावित हतियार सम्झौताको बारेमा आफ्ना मुल उजुरीहरुलाई मौन बनाइसकेका छन्।

नेतन्याहूलाई पनि भ्रष्ट छन्, भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका उनलाई जेल चलान गर्ने सम्भावना पनि छ। कोरोना भाइरस महामारी नियन्त्रणमा उनको सुरुवात राम्रो थियो तर अहिल निकै नराम्रो भइसकेको छ। विपक्षीहरु हरेक हप्ता जेरुस्लममा उनको निवास अगाडि नारा जुलुस गरिरहेका छन्।

ह्वाइट हाउसमा हुने सम्झौताको लागि योभन्दा उपयुक्त समय अरु हुन सक्दैन।

३) डोनाल्ड ट्रम्पले मनाए वैदेशिक रणनीतिको सफलता

यस सम्झौताले सबैभन्दा धेरै अमेरिकी राष्ट्रपतिलाई फाइदा पुग्छ।

यो इरानलाई ‘दबावमा राख्ने’ उनको रणनीतिलाई सबैभन्दा ठूलो उपलब्धि हुनेछ। आफु विश्वकै सर्वश्रेष्ठ सम्झौताकर्ता हो भन्ने आभास दिलाउने यो महत्वपूर्ण हतियार हो, विशेष गरी चुनावी वर्षमा।

इजरायलाई लाभान्वित हुने या भनौ विशेष रुपमा बेन्जामिन नेतन्याहूको सरकारका लागि जुनसुकै काम उनले गरेपनि यसले अमेरिकन क्रिस्टियन इभान्जेलिकलका समर्थकहरु घटाउँछ जुन उनको चुनावी आधारको एक महत्वपूर्ण हिस्सा हुन्छ।

यदी खाडी अरबहरुले इजरायलसँग आफ्नो सम्बन्ध गोप्य राख्नुको सट्टा खुला गरेमा इरान विरुद्धको ‘फ्रेन्ड्स अफ अमेरिका’ अभियानले अझ प्रभावकारी ढङ्गले काम गर्न सक्छ।

राष्ट्रपति ट्रम्पको तथाकथित ‘डिल अफ द सेञ्चुरी’ अर्थात इजरायल र प्यालेस्टाइनबीचको शान्ति सम्झौता एक नन स्टार्टर हो।

तर, ‘अब्राहम अकर्डस’ अर्थात इजरायल–यूएई सझौताको अर्को नाम, मध्यपूर्व शक्ति सन्तुलनको महत्वपूर्ण परिवर्तन हो र ट्रम्प ह्वाइट हाउसले एक प्रमुख विदेश नीति सफलताको रुपमा प्रस्तुत गरिरहेका छन्।

४) प्यालेस्टाइनीहरुले धोका पाएको महसुस गरिरहेका छन्

फेरि एकपटक उनीहरुलाई काठको चम्चा ठमाइएको छ।

उनीहरुले ‘अब्राहम अर्कडस’ लाई धोकाको रुपमा लिएका छन्। नयाँ सम्झौता लामो समयदेखि चलि आएको अरब सहमतिलाई तोडेको छ। इजरायलसँगको सामान्य सम्बन्धको मूल्य प्यालेस्टाइनीहरुका लागि स्वतन्त्रता थियो।

तर अहिले इजरायलले अरब राज्यहरुसँग नयाँ सार्वजनिक सम्बन्ध बनाइरहेको छ, जबकि प्यालेन्सटाइन अझै पनि पूर्वी जेरुस्लम र वेष्ट बैंकको कब्जामा छ र गाजामा एक खुला जेलको रुपमा छ।

यूएईका डि’फ्याक्टो शासक, आबु धाबीका क्राउन प्रिन्स मोहम्मद बिन जायद अल नाह्यान भन्छन् कि यस सम्झौताको लागि इजरायलले पश्चिमी किनारको ठूलो हिस्सालाई कब्जा गर्ने सम्झौता रोक्नु पर्यो।

तर, अन्तरराष्ट्रिय दबाब बढेका कारण प्रधानमन्त्री नेतन्याहू, तत्कालका लागि, यस विचारबाट पछाडि हटेको जस्तो देखिन्छन्। इमेरिटीले उनलाई एक विचार प्रस्ताव गरे जसको परिणाम एक अजिब राजनैतिक डेडएण्ड बन्यो।

बहराइन सम्झौतामा सामिल भएसँगै प्यालेस्टाइनीहरुको ब्याकुलता बढ्नेछ। यो सम्झौता साउदी अरेबियाको स्वीकृतीबिना कहिल्यै हुने थिएन। प्यालेस्टाइनीहरुको स्वतन्त्रताको माग गरिएको अरब शान्ति सम्झौताका लेखक साउदीहरु थिए। इस्लामका दुई पवित्र स्थलहरुको संरक्षकको हैसियतले राजा सलमानलाई यति ठूलो अख्तियारी प्रदान गरेको हो। उनले इजरायलाई अचानक चिन्ने सम्भावना छैन। उनका छोरा तथा उत्तराधिकारी, मोहम्मद बिन सलमान, यस विषयमा कम इच्छुक हुन सक्छन्।

५) इरानसँग नयाँ रणनीतिक टाउको दुखाइ छ

इरानी नेतृत्वले यस सम्झौताको पूरै निन्दा गरेको छ। यो बयानबाजी भन्दा बढी हो। अब्राहम अकर्डसले उनीहरुलाई थप तनावमा पारेको छ।

राष्ट्रपति ट्रम्पका प्रतिबन्धहरुले पहिले नै वास्तविक आर्थिक पीडा निम्त्याएको छ। अब उनीहरुलाई रणनीतिक टाउको दुखाइ पनि भएको छ।

इजरायलको घरेलु हवाइअड्डा इरानबाट लामो उडान हो। यूएईहरु मात्र खाडीको पानीभन्दा पारी थिए। यदि इरानको आणविक स्थानहरुविरुद्ध हवाइ हमलाको वार्ता गर्ने हो भने यो महत्वपूर्ण हुन्छ।

इजरायल, अमेरिका, बहराइन र यूएईसँग धेरै विकल्पहरु छन्।

इरानीहरुले आफ्नो अपरेसनको दायरा खुम्चिएको महसुस गर्न थालेका छन्। (बीबीसीबाट अनुवादित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।