सातामा साढे ५१ अंक बढ्यो नेप्से, बजार पूँजीकरण हालसम्मकै उच्च

Sep 18, 2020 01:13 PM Merolagani

यस साता नेप्से परिसूचक साढे ५१ अंक बढेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन १५२०.६९ विन्दुमा रहेको नेप्से परिसूचक यस साता ५१.४९ अंक अर्थात ३.३९ प्रतिशत बढेर १५७२.१८ विन्दुमा पुगेको छ।

नेप्सेको वृद्धिसँगै कुल बजार पूँजीकरण हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ९० अर्ब पुगेको छ। अघिल्लो साता २० खर्ब २१ अर्ब रहेको कुल बजार पूँजीकरण यस साता ६८ अर्ब बढेको हो।

कारोबारमा आएका पाँच कारोबार दिनमध्ये चार कारोबार दिन बढेको बजारमा कारोबार रकम र कारोबार संख्या पनि उल्लेख्य बढेको छ। यस साता २०४ कम्पनीको २ लाख १ हजार ४२५ पटकको कारोबारमा १४ अर्ब २९ करोड रुपैयाँ बराबरको ४ करोड २३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा कारोबार रकम २४ प्रतिशत, शेयर संख्या ५६.९७ प्रतिशत र कारोबार संख्या ३८.५७ प्रतिशत बढेको हो।

पछिल्लो समय नेप्से परिसूचक निरन्तर बढ्दो क्रममा रहेको छ। बैंकहरुको ब्याजदरमा आएको कमीका कारण नेप्से उकालो लागेको विश्लेषण भइरहेको छ। ब्याजदर र नेप्से सूचकको जहिले पनि विपरित सम्बन्ध रहँदै आएको छ। अहिले बजारमा तरलता अधिक छ। यसकारण बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर घटाउन थालेका छन्। कम ब्याजदरमा निक्षेपमा लगानी गर्नुभन्दा शेयर बजारमा लगानी गर्दा धेरै प्रतिफल आउने भएका कारण लगानीकर्ताहरु शेयरबजारमा आकर्षित भएको जानकारहरु बताउँछन्। यसका साथै अन्य क्षेत्रमा लगानी करिब ठप्प भएको र नेप्सेमा अनलाइन मार्फत पनि कारोबार गर्न सक्ने व्यवस्थाले लगानीकर्ताहरुलाई शेयरबजारतर्फ आकर्षित गरेको उनीहरुको भनाइ छ।

पछिल्लो समयमा धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा धेरै नयाँ लगानीकर्ताहरु आकर्षित भइरहेका छन्। पहिलाभन्दा प्रविधिमैत्री बनेको बजारको बुलले धेरै नयाँ लगानीकर्ताहरु आकर्षित गरेको छ। यसले दैनिक कारोबार रकममा उल्लेख्य वृद्धि भएको जानकारहरुको भनाइ छ।

यस साता लगानीकर्ताहरुको विशेष गरी होटल र हाइड्रोपावर कम्पनीहरुमा आकर्षण देखिएको छ। होटल तथा जलविद्युत कम्पनीहरुको शेयरमूल्य बढेसँगै यी दुई उपसमूहको परिसूचक यस साता अन्य उपसमूहको तुलनामा धेरै बढेको छ। यस साता होटल उपसमूहको परिसूचक २३.१३ प्रतिशत बढेको छ भने हाइड्रोपावरको १६.९२ प्रतिशत बढेको छ।

नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढ्दा लघुवित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक भने घटेका छन्।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा मोस्ट पपुलर बाइ स्टकको सूचीमा सबैको लघुवित्त, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नाडेप लघुवित्त लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकमा हिमाल दोलखा हाइड्रोपावर, ङादी ग्रुप पावर, युनियन हाइड्रोपावर लगायतका कम्पनीहरु परेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।