सातामा साढे ८ अंक घट्यो नेप्से, कारोबार रकम पनि गिरावट

Oct 17, 2020 12:57 PM Merolagani



यस साता नेप्से परिसूचक साढे ८ अंक घटेको छ। गत साताको अन्तिम कारोबार दिन १५७१.०४ विन्दुमा बन्द भएको नेप्से यस साता ८.५८ अंक घटेर १५६२.४६ विन्दुमा झरेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेर ३१०.०८ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि कमी आएको छ। यस साता केबल ९ अर्ब ८ करोड रुपैयाँ बराबरको ३ करोड ३१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा २०.४३ प्रतिशत कम हो भने कारोबार कित्ता ३६.४९ प्रतिशत कम हो। गत साता ११ अर्ब ४२ करोड रुपैयाँ बराबरको ५ करोड २२ लाख कित्ता शेयर खरिदबिक्री भएको थियो।

यस साता कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाीधक ५.६३ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्स उपसमूहको परिसूचक ४.७६ प्रतिशत, हाइड्रोपावर उपसमूहको २.९९ प्रतिशत र अन्य उपसमूहको ०.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सर्वाधिक ४.२२ प्रतिशत घटेको छ।

यस साताको मोस्ट पपुलर बाइ स्टकमा ग्लोबल आइएमई समुन्नत स्किम १, माउन्टेन हाइड्रो नेपाल, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लगायतका कम्पनीहरु परेको छ। त्यसैगरी, यस साताको मोस्ट पपुलर सेल स्टकमा गुराँस लघुवित्त, आशा लघुवित्त, नेपाल एसबिआई बैंक लगायतका स्टकहरु परेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।