अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Oct 17, 2020 06:26 PM Merolagani



पछिल्लो समयमा दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीहरुको शेयरतर्फ आकर्षित भइरहेका छन्। यससँगै जलविद्युत कम्पनीहरुको शेयरमूल्य पनि उच्च दरमा बढेको छ। गत साता पनि जलविद्युत उपसमूहको परिसूचक ३८.७० अंक अर्थात २.९९ प्रतिशत बढेको थियो। यसै उपसमूह अन्तर्गतको एक कम्पनी हो अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC)।

गत साताको अन्तिम कारोबार दिन अर्थात असोज २९ गते अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्यले लामो पुच्छर भएको रातो मैनबत्ती बनाएको छ। यसले सो दिन कम्पनीको शेयरमा बिक्री चाप बढी देखिएपनि कारोबारको अन्तिम समयमा भने खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

सो दिन कम्पनीको शेयर २४० रुपैयाँमा पहिलो कारोबार भएको थियो भने २३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो दिन कम्पनीको उच्च मूल्य २४० रुपैयाँ र न्यून मूल्य २२१ रुपैयाँ थियो।

कम्पनीको ५ दिने इएमए र २० दिने इएमएबीचको दूरी पछिल्लो समय केही साँघुरिन थालेको देखिन्छ। यसले कम्पनीको शेयरमा खरिदचाप घट्दै गएको संकेत गर्दछ।

आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागे २६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

गत साता कम्पनीको दैनिक औषतमा २ लाख ३९ हजार ५८२ कित्ता शेयर कारोबार भएको थियो। यो अघिल्लो साताको तुलनामा २४.३९ प्रतिशत कम हो। कम्पनीको पछिल्लो २० दिनको औषत भोल्यूम ३ लाख १६ हजार ८५२ कित्ता रहेको छ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो। ९९ करोड ८३ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १९ लाख ५३ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३० पैसा कायम भएको छ। असोज २९ गतेको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ३१.७८ गुणा कायम भएको छ। कम्पनीको बुक भ्यालु १०८ रुपैयाँ २१ पैसा छ भने आरओई ६.७५ प्रतिशत छ।

प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा पछिल्लो समय कम्पनीको शेयर बुलिस ट्रेण्डमा देखिन्छ।

हाल नेप्सेमा कम्पनीको ९९ लाख ८९ हजार २३२ कित्ता शेयर सूचीकृत छ। असोज २९ गतेको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण २ अर्ब ३१ करोड ६१ लाख ९ हजार ८२४ रुपैयाँ छ। कम्पनीको शेयरमूल्यको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २६९ रुपैयाँ रहेको छ भने न्यून मूल्य ९० रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनीले अहिले ग्रीड जोनमा छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्ने अपेक्षाले खरिद गरिरहेको संकेत गर्दछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।