धेरै कुराहरु छन्, जुन बाइडेनले आफ्नो पहिलो एकसय दिनमा गर्न सक्छन्

Nov 20, 2020 12:56 PM Merolagani

अमेरिकाको राष्ट्रपति पदका रुपमा चुनिएका जो बाइडेनले देशको खराब भइसकेको छवि सुधार गर्नका लागि तीव्र रुपमा काम गर्नेछन्। अमेरिकाको कुटनीतिज्ञ,गुप्तचर र सैन्य सेवासँग सम्बन्धित मानिसहरुलाई सम्मान प्रदान गर्नु उनको प्राथमिकतामा सबैभन्दा माथि रहेको छ । 

अन्य देशका साथ अमेरिकाको सम्बन्धका लागि विशेषगरी सुधारिएको र सहानुभूतिपूर्ण व्यवहार अपनाउनुपर्नेछ । अमेरिकामा परिवर्तनको यो सन्देश विश्वका कयौँ राजधानीहरुमा सुन्न सकिन्छ । यहीँ सन्देश बाइडेनले मतदाताहरुलाई दिएका थिए, जसले उनलाई डोनाल्ड ट्रम्पमाथि निर्णयक जीत हासिल गराएको थियो । यो विश्वमा अमेरिकाको प्रभावकारी पुनरागमनको संकेत हो ।

दुई मुद्दामा ट्रम्पभन्दा फरक विचार राख्छन् बाइडेन
यस्ता धेरै कुराहरु छन्, जुन बाइडेनले आफ्नो पहिलो एकसय दिनमा गर्न सक्छन्। उनले जलवायु परिवर्तनमाथि गरिएको पेरिस सम्झौतामा फेरि शामिल हुने अभिप्राय पहिले नै व्यक्त गरिसकेका छन्। उनले जलवायु परिवर्तनको मुद्दा आफ्नो प्रशासनका लागि सबैभन्दा महत्वपूर्ण हुने बताइसकेका छन् ।

उनले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाको सम्बन्ध फेरि सूचारु गर्नका लागि आफ्नो अभिप्राय पनि व्यक्त गरिसकेका छन् । यसबाट अमेरिका पनि कोरोना भाइरसबाट भइरहेको क्षति रोक्नका लागि विश्वका अन्य देशहरुका साथ शामिल हुनसक्ने देखिन्छ ।

बाइडेनसँगको अपेक्षा
बाइडेनसँग यो पनि अपेक्षा गरिन्छ कि, उनले लोकतान्त्रिक देशहरुको एउटा शिखर सम्मेलन बोलाउन्, जसमा चीन, रुस, साउदी अरेबिया, टर्की लगायतका देश, जहाँ मानवअधिकारको हननका घटना सनर्वजनिक भइरहेका छन्, त्यसलाई उजागर गर्नका लागि अमेरिकालाई फेरि तयार गरुन् ।

यसका साथै उनी ईरानका साथ परमाणु सम्झौतालाई कार्यान्वयन गर्ने बाटो खोजुन् । परमाणु हतियारलाई सीमित गर्न न्यू स्टार्ट सन्धिका लागि रुसलाई तयार गरुन् । यसैगरी बाइडेनसँग यमनको गृहयुद्धमा साउदी अरेबियाको हस्तक्षेपमाथि अमेरिकी समर्थनलाई समाप्त गर्नेछन् भन्ने पनि अपेक्षा रहेको छ ।

यी मुद्दामा ट्रम्प जस्तै हुनेछन् बाइडेन
डेमोक्रेटको बहुमत रहेको सीनेटमा पनि अमेरिकी नीतिहरुमा ठूलो नाटकीय परिवर्तन गर्दैनन्। बाइडेनले चीनका साथको व्यापार युद्ध कम गर्न सक्छन् तर ५ जी नेटवर्क वा दक्षिण चीन सागरमा चीनको दाबी जस्ता विवादास्पद मुद्दाहरुमाथि मतभेद हाललाई कायम नै रहनेछ ।

ट्रम्प सरकारका तर्फबाट रुसमाथि लगाइएको प्रतिबन्धहरु बाइडेनको समयमा पनि हट्ने आशा छैन । ट्रम्पको कार्यकालमा उत्तर कोरियालाई लिएर अमेरिकाको व्यवहारमा अधिक परिवर्तन आएको थियो । इजरायल–प्यालेस्टाइन विवादप्रति ट्रम्पको दृष्टिकोण एकतर्फी थियो । यद्यपी यि मुद्दामा अमेरिकालाई यसबाट कुनै फरक पर्दैन कि ह्वाइट हाउसमा को छ भनेर ।

कुनै नयाँ युद्धमा जानबाट बच्नेछन्
यो कुराको पूरै अपेक्षा रहेको छ कि, बाइडेन विदेशमा चलिरहेको युद्धबाट हट्ने र कुनै नयाँ युद्धमा शामिल नहुने ट्रम्पको नीतिलाई जारी राख्नेछन् । यद्यपी उनी यस प्रकारका निर्णयमा आफ्नो सहभागिहरुको चिन्तालाई ध्यानमा राख्नेछन् ।

बाइडेनको बाटो सजिलो छैन
अब विश्व त्यस्तो छैन जस्तो सन् २०१६ मा थियो, न त उक्त स्थितिमा फिर्ता जान नै सक्छ। उत्तर कोरियाको समस्या सुल्झाउन र कार्बन उत्सर्जनलाई कम गर्न र चीनको आक्रामकताको सामना गर्नका लागि नयाँ दृष्टिकोण आवश्यक छ ।

यसका अलावा बाइडेनले ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति र भेनेजुएलाको तानाशाह सँग पनि सम्झौता गर्नुपर्नेछ । प्रतिबन्धलाई कायम राख्दै रुसका साथ परमाणु हतियारमा कमी ल्याउनका लागि वार्ता गर्नुपर्छ । आफ्नो कट्टर दुश्मनका साथ सम्झौतालाई फेरि मार्गमा ल्याउनु पर्नेछ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।