दोस्रो त्रैमासमा २.२६ प्रतिशतले घट्यो बैंकिङ्ग सेक्टरको नाफा, ४ बैंककाे वितरणयाेग्य नाफा भने १ अर्ब माथि,

Jan 28, 2021 04:42 PM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकाँश बैंकहरुको नाफामा संकुचन देखिएको छ। बैंकहरुमा भएको अधिक तरलताले ब्याज आम्दानीमा असर पर्दा उनीहरुको खुद नाफामा असर देखिएको हो। 

यस अवधिमा २६ वाणिज्य बैंकले कुल २९ अर्ब २० करोड रुपैयाँ नाफा कमाएका छन्। यो औसतमा १ अर्ब १२ करोड रुपैयाँ हो। गत वर्ष ३० अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफामा २.२६ प्रतिशतले गिरावट आएको हो।

  • कुमारी बैंकको नाफा सबैभन्दा बढी बढ्यो, हिमालयन बैंकको सबैभन्दा बढी घट्यो

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा ९ वटा बैंकले खुद नाफा बढाएका छन् भने बाँकी १७ वटा बैंकको नाफा खुम्चिएको छ।

यस अवधिमा कुमारी, प्रभु, प्राइम कमर्शियल, ग्लोबल आइएमई, मेगा, सिटिजन्स, नेपाल बंगलादेश, एनआइसी एशिया र सनराइज बैंकको नाफा बढेको छ। जसमा कुमारीको नाफा सबैभन्दा धेरै ५१.५० प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

हिमालयनको नाफामा समीक्षा अवधिमा भने उच्च गिरावट देखिएको छ। गत आर्थिक वर्ष १ अर्ब ७४ करोड कमाएको बैंकले यस वर्ष ६५ करोड मात्रै कमाएको छ। कोरोनापछि बैंकको आम्दानीमा संकुचन आँउदा उसको नाफा घटेको हो।

त्यस्तै एसविआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सिभिल बैंकको पनि नाफामा ३० प्रतिशतभन्दा धेरैले घटेको छ।

 

  • सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो ग्लोबल आइएमई

त्यस्तै सबैभन्दा बढी नाफा कमाउने बैंकको पहिलो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। उसले ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने बैंकको पहिलो स्थानमा नविल बैंक रहेको थियो। यस वर्ष नविललाई पछि पादै ग्लोबल सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको हो।

सिभिल बैंक भने सबैभन्दा कम नाफा कमाउने बैंकको रुपमा देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २० करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

  • हेरौ कुन बैंकको नाफा कतिले घट्यो/बढ्यो

 

  • ४ बैंकको वितरणयोग्य नाफा १ अर्ब माथि

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा कमाएका छन्। बैंकहरुले सार्वजानिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा यस्तो देखिएको हो। 

२६ वाणिज्य बैंकमध्ये सिद्धार्थ बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको छ भने बाँकी २५ बैंकको वितरणयोग्य नाफा सकारात्कम रहेको छ।

वित्तीय विवरण अनुसार नविल बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने एनएमबि बैंक पनि दाेस्राे स्थानमा रहेकाे छ। उसले ६ महिनामा १ अर्ब ५० करोड रुपैयाँ वितरणयाेग्य नाफा कमाएकाे छ। त्यस्तै, ग्लोबल आइएमई बैंक र प्राइम कमर्शियल बैंकको क्रमशः १ अर्ब ४३ करोड र १ अर्ब २६ करोड रुपैयाँ रहेको छ। 

यता सिद्धार्थ बैंकको वितरणयोग्य नाफा भने १३ करोड रुपैयाँले नकारात्मक रहेको छ।

 

  • बैंकिङ्ग क्षेत्रकाे नाफा सन्ताेषजनक

समग्रमा हेर्दा अहिलेको अवस्थामा बैंकिङ्ग सेक्टरको नाफामा ४-५ प्रतिशतले संकुचन आँउदा ठुलो असर परेको भन्न नमिल्ने विश्लेषक बताउछन्। " समान्य नाफा घट्नुले त्यति ठुलो असर पारेको होइन," पुर्व बैंकर अनलराज भट्टराइ भन्छन्, "बैंकहरुको अहिले आएको नाफा सन्तोषजनक नै छ।"

बैंकहरुको नेट इन्ट्रेस मार्जिन कम भएको अवस्था, अधिक तरलता र प्रोभिनजिङ रिक्वाएरमेन्ट बढेको कारण बैंकहरुको नाफामा संकुचन देखिएको  भट्टराइ बताउछन्।

कोरोनाको माहामारीपछि लगानी गर्ने अवस्था थिएन जसले गर्दा बैंकहरुमा तरल पैसा बसेको थियो। तरल पैसा बसेपछि त्यसले आम्दानी हुँदैन र बैंकहरुको नाफा घट्न पुगेको हो। तर अब बैंकहरुको कर्जा बढ्दै गएको छ। सिसिडि रेशियो ७२ बाटा ७५ पुगिसकेको अवस्था छ र तरलता पनि विस्तारै कम हुँदै गएको अवस्था छ।

त्यस्तै, केन्द्रिय बैंकको निर्देशनअनुसार वाचलिस्टमा राख्नुपर्ने कारणले प्रोभिनजिङ रिक्वाएरमेन्ट पनि बढेको र त्यसले नाफालाइ असर पारेको देखिन्छ। कोभिडको कारणले पुनरतालिकिकरण गरेको हकमा समेत ५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले गर्दा प्रोभिजन बढेको छ। अब केन्द्रिय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिने नीतिले पनि बैंकहरुको नाफामा सकारात्मक असर गर्ने भट्टराइले बताए।

अन्य क्रियाकलाप नभएकोले पनि बैंकहरुको अन्य आम्दानी बढ्न सकेको छैन।

त्यसैगरी, नाफा बढाउने बैंकहरुले पनि डिपोजिटको लागत घटाएर प्रोफिट्याबलिटि मेन्टेन गरेका देखिन्छ। अहिले बैंकहरुको आम्दानीमा केहि सँकुचन आएपनि यो वर्षको अन्तिमसम्म भने गत वर्षकै हाराहारीमा नाफा हुने आँकलन भट्टराइको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।