करेक्सनपछि बढ्न थालेको नेप्से यस साता के होला?

Mar 21, 2021 08:19 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भयो। करिब ३ साताको करेक्सनपछि बजार फर्किएको विश्लेषण हुन थालेको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन २४५८.४८ विन्दुमा रहेको नेप्से, गत साता ०.६८ प्रतिशत अर्थात १६.६१ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २५६० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४२० विन्दुमा टेवा पाउने देखिन्छ।

नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल नै रहेको छ। यसले बजारमा खरिदचाप अझै बढ्न नसकेको संकेत गर्दछ।

नेप्से परिसूचक बढेपनि भोल्यूम भने अझै कम नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ११ करोड रुपैयाँ रहेको छ। यसको तुलनामा दैनिक औषत भोल्यूम ३२.६१ प्रतिशत कम हो।

गत साता नेप्सेले ड्रयागनफ्लाइ डोजी मैनबत्ती बनाएको छ। यसले बजारमा माग बढ्न सक्ने संकेत गर्दछ। यद्यपि, यस साताको बजारले यसलाई सुनिश्चित गर्नेछ।

गत साता ग्रीड जोनमा ओर्लिएको नेप्से, साताको अन्तिम कारोबार दिन पुन एक्सट्रीम ग्रीड जोनमा पुगेको छ।

जीवन बीमा उपसमूह

गत साता जीवन बीमा उपसमूहको परिसूचक २.७२ प्रतिशत बढेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन १६ हजार २९६.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ४४३.३८ अंक बढेर १६ हजार ७४०.०२ विन्दुमा पुगेको थियो।

यस अनुसार यस साता जीवन बीमा उपसमूहको परिसूचक उकालो लागेमा १७ हजार ५०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा १५ हजार ५०० विन्दुमा टेवा पाउने देखिन्छ।

यस उपसमूहको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले यस उपसमूहको खरिदचाप कम रहेको संकेत गर्दछ। यद्यपि, पछिल्लो समय यी दुई बीचको दूरी घट्दो क्रममा रहेको छ। यसले विस्तारै खरिदचाप बढ्न थालेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।