पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ६

Mar 31, 2021 06:14 PM Merolagani



हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै आएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ छैठाैँ भाग प्रस्तुत गरिएकाे छ।

अध्याय १४ः तपाई बदलिनु हुनेछ

हामी आफ्नो भविष्यको स्वयम् भयानक भविष्यवक्ता हौँ। हाम्रा वर्तमान आवश्यकता, चाहना र सपनाहरु भविष्यका आवश्यकता, चाहना र सपनाहरु जस्तै छैनन्।

यसको परिणाम यो हो कि दीर्घकालिन योजना र निर्णय प्रभावकारी तरिकाले गर्नु एकदमै गाह्रो छ।
मानिसहरु परिवर्तन हुन्छन्। यो वास्तविकतालाई स्वीकार्नु होस्। आज जुन कुरा महत्व राख्छ, हुनसक्छ दशकपछि त्यो महत्वहिन वस्तुको रुपमा रहनेछ।

फर्किन नसक्ने विगतको घटनामा अल्झेर निर्णय लिनु परिवर्तिय विश्वमा एक नराम्रो कुरा हो। यसले हाम्रो भविष्यलाई विगतको कैदी बनाउँछ। यो एक अनजान व्यक्तिले तपाईको जीवनको महत्वपूर्ण निर्ण गर्न लगाउनु जस्तै हो।

अध्याय १५ः केही पनि निःशुल्क छैन

अधिकांश वस्तुहरुको पैसासँगको सम्बन्ध भनेको त्यसको मूल्य कति हो भन्ने थाहा पाउनु र त्यो मूल्य तिर्न तयार हुनु हो।

सफल लगानीले मूल्यको माग गर्दछ। तर, त्यसको मुद्रा भने डलर वा सेन्ट होइन। त्यो हो, अस्थिरता, डर, शंका, अनिश्चितता र पश्चात–जसको वास्तविक समयमा सामना गर्नु नपरेसम्म सामान्य नै देखिन्छ।

केही लगानीकर्ताहरु मात्र भन्न सक्छन् कि, ‘२० प्रतिशतसम्म गुमाउनु परेपनि म तयार छु, तर यति तपाईले अस्थिरतालाई शुल्कको रुपमा हेर्नुहुन्छ भने, तपाईले परिस्थिति फरक पाउनु हुनेछ।
जब तपाई दीर्घकालको लागि लगानी गर्नुहुन्छ, तपाई बजारमा हुने अल्पकालिन उतारचढावलाई स्वीकार्न तयार हुनुपर्दछ।

अध्याय १६ः तपाई र म

मार्केट बबलको कारणः लगानीकर्ताहरु अनजानमा आफुभन्दा फरक खेल खेलिरहेका अन्य लगानीकर्ताहरु क्यू लिन्छन्।

अल्पकालिन मोमेन्टमले लगानीकर्ताहरुलाई छोटो समयको लागि आकर्षित गर्छ। ‘बबल भनेको मूल्य बढ्नु मात्र होइन। त्यो अन्य केहीको लक्षण हो– धेरै अल्पकालिन लगानीकर्ताहरु बजारमा प्रवेश गरेको संकेत हो। तर, याद राख्नुहोस् कि अल्पकालिन लगानीकर्ताहरु जबसम्म त्यो मोमेन्टमले निरन्तरता पाउँछ, तबसम्म मात्रै रहन्छन्, र त्यो मोमेन्टम क्षणिक हो।

बबलले त्यतिखेर हानी गर्छ जब दीर्घकालिन लगानीकर्ताहरु अर्को खेल खेलिरहेका ती अल्पकालिन कारोबारीहरुको क्यू लिन थाल्छन् अर्थात ती अल्पकालिन कारोबारीहरुलाई पछ्याउन थाल्छन्।

अन्य लगानीकर्ताहरुको लक्ष्य हाम्रोभन्दा फरक छ भनेर छुट्याउन गाह्रो छ, किनभने मनोविज्ञानको एक अंकुशले र्यास्नल मानिसहरुले विश्वलाई फरक दृष्टिकोणले हेर्छन् भन्ने महसुस गर्दैन।

अध्याय १७ः निराशावादको प्रलोभन

निराशावाद आशावादजस्तै सहज छैन। यो स्मार्ट पनि सुनिन्छ। यसले बौद्धिक रुपमा मोहित पर्दछ र यसलाई आशावदभन्दा बढी ध्यान दिइन्छ जसलाई जोखिमको कारण हो भन्ने बेवास्ता गरिन्छ।

कसैलाई भन्नुहोस् कि सबै कुरा ठिक हुन्छ, र तिनीहरुले सम्भवतः तपाईलाई हप्काउनेछन् या शंकाको दृष्टिले हेर्नेछन्। कसैलाई भन्नुहोस् कि ऊ जोखिममा छ र तपाईले उसको अटुट ध्यान केन्द्रित गर्नुहुनेछ।

डेनियल केम्यान भन्छन्, ‘सकारात्मक र नकारात्मक अपेक्षा वा अनुभवको शक्तिका बीच को यो विषमताको विकासबादी इतिहास रहेको छ। जीवहरु खतरालाई अवसरभन्दा निकै जरुरी मान्छन्।
निराशावादले बजारको अवस्थालाई कसरी स्वीकार्ने भन्ने कुरा नहेरी वर्तमान ट्रेण्डलाई लम्ब्याउँछ। अध्याय १० को तेल अभावको कथा सम्झनुहोस्ः विद्वानहरु इन्धन दक्षता र सस्तो गर्ने अनुसन्धानमा असफल भए जबकी धेरै तेल उत्खनन्मा सफल भए।

त्यसैगरी, २००० को दशकमा जब तेलको मूल्य बढ्यो, तब तेल उत्खनन आर्थिक रुपमा सस्तो उपाय बन्न पुग्यो।

आवश्यकता सबै आविष्कारको आमा हो र मानवता अनन्त नवीन छ। मानिसहरु परिस्थिति र समस्याहरुसँग नयाँ उपाय तथा समाधानसहित लड्न तयार हुन्छ।

डरले समान परिमाणमा समाधानलाई प्रोत्साहित गर्दछ। यो आर्थिक इतिहासको एक साझा प्लट हो कि सिधा पूर्वानुमान गर्ने निराशावादीहरुले चाँडै बिर्सिन्छन्।

प्रगति सुस्त छ, तर प्रकोप र अवशानहरु छिटो र प्रभावकारी हुन्छ। यहाँ हरेक रात धेरै वियोगहरु हुन्छन्। तर रातारात चमत्कार भने कमै हुन्छन्।

विकासलाई कम्पाउण्डिङ्गले डो¥याउँछ जसले सँधै समय लिन्छ। विनाश असफलताको सानो विन्दुले निम्त्याउँछ, जुन एक सेकेण्डमा हुन्छ र आत्मविश्वास गुम्ने, जुन एकपलमै हुन्छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।