सानिमा बैंक लिमिटेडको कम्पनी विश्लेषण

Apr 03, 2021 07:56 PM Merolagani



पछिल्लो समय दोस्रो बजारका लगानीकर्ताहरु वाणिज्य बैंकहरु तर्फ आकर्षित भएका छन्। सोमध्ये एक बैंक हो सानिमा बैंक लिमिटेड (SANIMA)।

गत साता बैंकको शेयर १६ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन ३६० रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयरमूल्य यस साता ३७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता बैंकको शेयरमूल्य उकालो लागेमा ३९० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, बैंकको शेयर ओरालो लागेमा ३६० रुपैयाँमा टेवा पाउने देखिन्छ।

गत साता बैंकको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो हुँदै गएको छ। यसले बैंकको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

बैंकको शेयरमूल्य वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। यस साता बैंकको दैनिक औषतमा १ लाख २१ हजार २५४ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, बैंकको २० दिने औषत भोल्यूम ८८ हजार ७३७ कित्ता रहेको छ। बैंकको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ३६.६४ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयामा सीमित भएको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ। पछिल्लो कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १७.१२ गुणा रहेको छ। बैंकको बुकभ्यालु १४० रुपैयाँ २८ पैसा रहेको छ भने प्राइस टु बुक भ्यालु रेशियो २.६८ गुणा रहेको छ। त्यसैगरी, बैंकको आरओई १५.६५ प्रतिशत रहेको छ।

गत साताको अन्तिम कारोबार दिन बैंकको १४ दिने आरएसआई न्यूट्रल जोन अर्थात ५८.२१ स्केलमा रहेको छ। यसले बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा बैंकको ९ करोड ६८ लाख १५ हजार १९० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार बैंकको शेयर प्रतिकित्ता ३७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार बैंकको बजार पूँजीकरण ३६ अर्ब ४० करोड २५ लाख ११ हजार ७४० रुपैयाँ ८० पैसा रहेको छ।

बैंकको पछिल्लो १८० दिनको औषत मूल्य ३४४ रुपैयाँ ७१ पैसा रहेको छ। त्यस्तै, बैंकको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३९९ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३०७ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु बैंकको शेयरमूल्य बढ्ने अपेक्षामा खरिद गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप विश्लेषण गर्नु आवश्यक छ।)




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।